IME Life
GBIME

सन २०२४ को एमडीआरटीको व्यापार टार्गेट पूरा गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । यस वर्षको मिलियन डलर राउन्ड टेबलअन्तर्गत एमडीआरटी योग्य हुनका लागि व्यावसायिक लक्ष्य पूरा गर्ने आज मंगलबार अन्तिम दिन अर्थात् ३१ डिसेम्बर २०२४ रहेको छ।

चुनौतीका बाबजुद जीवन बीमा कम्पनीहरुमा पहिलो तहको एमडीआरटीदेखि लिएर सर्वोच्च टप अफ द टेबलसम्मको लक्ष्य पूरा गर्न सफल अभिकर्ताको नाम धमाधम बीमा कम्पनीले घोषणा गरिरहेका छन्। जीवन बीमकको सामाजिक सञ्जाल पेजहरुमा गरिएको घोषणामा पोहोरको तुलनामा यस वर्ष योग्य अभिकर्ताको संख्या सीमित देखिएको छ।

Crest

आर्थिक संकुचनका कारण यस वर्ष जीवन बीमा कम्पनीको उच्च व्यवस्थापनले पोहोरको तुलनामा एमडीआरटी योग्य हुने अभिकर्ताको संख्या थप्न नसक्ने अड्कल पहिले नै गरिसकेका छन्। ‘पोहोरको संख्यामा एमडीआरटीका लागि हुने छैनन् भन्नेमा शंका छैन’, एक प्रमुख कार्यकारी अधिकृतले भने, ‘महँगो सदस्यता, दर्ता शुल्क र भिसा अस्वीकृत हुने कारणले आकर्षण घटेको छ।’

अनुभवी अभिकर्ताहरुको भनाइमा पोहोरको भन्दा दोब्बर मेहनत गर्दासमेत सोचेजस्तो नतिजा प्राप्त हुन सकेको छैन। आमउपभोक्तासँग पर्याप्त आम्दानी स्रोत र बचत दुवै छैन। ठूला व्यापारी पनि व्यापार मन्द भएका कारण आफूसँग भएको कोषलाई सकेसम्म कर्जा चुक्ता गरेर ऋणमुक्त हुने प्रयास गरिरहेका छन्, यसले गर्दा बैंकमार्फत प्राप्त हुने व्यापार पनि खुम्चिएको छ।

जीवन बीमा गर्ने चाहना र क्षमता भएका मनग्ये व्यक्तिहरुको बीमा प्रस्ताव फारम तयारी अवस्थामा राखेर आजभोली भन्दा भन्दै पैसा कुर्न थालेको पनि करिब–करिब महिना दिन नै बित्दै गर्दा पनि प्रथम बीमाशुल्कबापतको रकम प्राप्त हुन नसकेको अवस्था छ।

वित्तीय बजारमा तरलताको अभावसँगै चुलिँदो महँगीका बीच आमनागरिकबीच बढ्दो अन्यौलताका कारण जीवन बीमा व्यवसायमा संकुचन देखा पर्न थालेको हो। जीवन बीमाका लागि ५ वर्षदेखि २५ वर्षसम्म पैसा लगानी गर्नुपर्ने र कम्तीमा ३ वर्षसम्म यसको रकम कर्जा लिन नसकिने हुँदा ठूलो बीमांकको बीमा गर्ने क्षमता भएकाहरु पैसा झिक्न हिच्किचाउन थालेका छन्।

बैंक तथा वित्तीय संस्थाले जीवन बीमा कम्पनीले प्रदान गर्ने जोखिमको सुरक्षावरणसमेत मुद्दति निक्षेप खातामै समावेश गरेर बिक्री गर्दा अभिकर्ता र बजार प्रवर्द्धनमा खटिएका बीमा कम्पनीका कर्मचारी दुबैलाई चुनौती थपिएको छ। घर–जग्गा कारोबारमा देखा परेको सुस्तताले पनि सर्वसाधारणबीच नगद प्रवाह संकुचित हुँदै गएको छ। कर्जा लिएर घर–जग्गा कारोबारमा लगानी गरेकाहरु उच्च ब्याजदरको चापका कारण सकसमा छन्।

सन् २०२५ का लागि एमडीआरटी योग्य हुन जीवन बीमा अभिकर्ताले सन् २०२४ वर्षभरमा कुल बीमाशुल्क ४६ लाख ९२ हजार ९०० रुपैयाँ बीमाशुल्क आम्दानी गरेको हुनुपर्छ।

एमडीआरटी समूहमा एमडीआरटी, सीओटी र टीओटीसमेत सदस्यताका लागि तीन तह निर्धारण गरिएका छन्। प्रत्येक तहका लागि कुल बीमाशुल्क आम्दानी, कमिशन वा आम्दानीका आधारमा फरक–फरक लक्ष्य निर्धारण गरिएका छन्। यीमध्ये कुनै एक लक्ष्य पूरा गर्नेले तोकिएको वर्गमा सदस्यताका लागि आवेदन दिन सक्छन्।

मिलियन डलर राउन्ड टेबल(एमडीआरटी) विश्वभरका व्यावसायिक वित्तीय सल्लाहकारहरुको साझा संगठनको रुपमा हेरिँदै आएको छ। यसअन्तर्गत आबद्ध सदस्यहरुले वर्षमा एकपटक विश्वव्यापी सम्मेलनमा सहभागिताको अवसर प्राप्त गर्छन्। साथै, अन्तर्राष्ट्रिय सञ्जालमा आबद्धताको अवसरसमेत प्राप्त गर्छन्। यो संगठनमा आबद्धतालाई प्रतिष्ठा र ग्ल्यामरको विषय नबनाइने हो भने यसका लागि गरिने लगानीको तुलनामा अभिकर्ताले प्राप्त गर्ने प्रतिफल निक्कै न्यून हुन्छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

50%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS