IME Life
GBIME

बाढीपहिरोको क्षतिमा कुन क्षेत्रको बीमा दाबीमा कति भुक्तानी ? (सूचीसहित)

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । गत असोजको दोस्रो साताको वर्षाले देशभर सिर्जना भएको बाढीपहिरोको वितन्डाले ठूलो जनधनको क्षति भएको छ।बाढीपहिरोका कारण भएको क्षतिको बीमा दाबी पनि बीमा कम्पनीहरुमा १२ अर्ब ८८ करोड रुपैयाँ बढीको परेको छ।

नेपाल बीमा प्राधिकरणका अनुसार पुस ११ गतेसम्म १४ निर्जीवन बीमक र ४ वटा लघु निर्जीवन बीमा ३ हजार ६७६ वटा दाबी परेका छन्। ती दाबीको कम्पनीहरुले १२ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ बढी भुक्तानी गर्नुपर्ने भएको छ। हालसम्म बीमकहरुले १ हजार ७२० वटा दाबीको १ अर्ब ५२ करोड १८ लाख रुपैयाँ भुक्तानी गरेका छन्।

Crest

प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी सम्पत्ति बीमामा परेको छ। सम्पत्ति बीमामा १ हजार ७७३ वटा दाबीको ९ अर्ब २४ करोड ५८ लाख रुपैयाँ कम्पनीहरुले भुक्तानी गर्नुपर्ने देखिएको छ। हालसम्म सम्पत्ति बीमातर्फ कम्पनीहरुले ७४८ वटा दाबीको १ अर्ब ११ करोड ५८ लाख रुपैयाँ भुक्तानी गरिसकेका छन्।

यसैगरी दोस्रो धेरै इन्जिनियरिङ तथा ठेकेदार जोखिमतर्फ ३२१ वटा दाबीको कम्पनीहरुले २ अर्ब ८७ करोड ५२ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। हालसम्म कम्पनीहरुले ६१ वटा दाबीको ५ करोड ७ लाख रुपैयाँमात्रै भुक्तानी गरेका छन्।

मोटर बीमा (निजी)तर्फ ९५४ वटा र मोटर बीमा (सार्वजनिक)तर्फ ३९२ वटा दाबी परेको छ। कम्पनीहरुले ती दाबीको क्रमशः ४१ करोड १ लाख रुपैयाँ र २८ करोड १ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने भएको छ। हालसम्म मोटर बीमा (निजी)तर्फ ५३१ वटा दाबीको १५ करोड ७२ लाख रुपैयाँ र मोटर बीमा (सार्वजनिक)तर्फ २०५ वटा दाबीको १६ करोड ५६ लाख रुपैयाँ कम्पनीहरुले भुक्तानी गरिसकेका छन्।

त्यस्तै सामुद्रिक बीमातर्फ कम्पनीहरुमा २३ वटा दाबी (४ करोड २० लाख रुपैयाँ), पशुपन्छी बीमातर्फ ५५ दाबी (१ करोड ७५ लाख रुपैयाँ), कृषि बाली बीमातर्फ १३७ वटा दाबी (१ करोड ५ लाख रुपैयाँ) र विविधतर्फ २१ वटा दाबी (७५ लाख ९९ हजार रुपैयाँ) परेका छन्। हालसम्म कम्पनीहरुले सामुद्रिक बीमातर्फ १२ वटा दाबीको १ करोड ६९ हजार रुपैयाँ, पशुपन्छी बीमातर्फ ३२ वटा दाबीको ४८ लाख ८३ हजार रुपैयाँ, कृषि बीमातर्फ ११८ वटा दाबीको ७४ लाख ७७ हजार रुपैयाँ र विविधतर्फ १३ वटाको ३० लाख ९९ हजार रुपैयाँ भुक्तानी गरेका छन्।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS