काठमाडौं । आइतबार नेप्से परिसूचक २६०९.५८ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक २१.१२ अंकले घटेको छ।
५ अर्ब ४७ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ । ब्रोकर नम्बर ५८ बाट ६६ करोड ७३ लाखको कारोबार भएको छ जसमा ४० करोड २ लाखको खरीद छ भने २६ करोड ७१ लाखको विक्री छ ।
त्यस्तै, दोश्रोमा ब्रोकर नम्बर ३४ बाट २५ करोड ३० लाखको खरीद छ भने २६ करोड ३८ लाखको विक्री छ ।
आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये २ ब्रोकरले खरिद धेरै गरेका छन् भने ३ले विक्री धेरै गरेका छन् ।