IME Life
GBIME

बजार आज यी १० कम्पनीको उच्च कारोबार, ३ वटा शेयरभाउ बढ्दा ७ वटाको घट्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । शेयर बजार आइतबार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक २१.१२ अंकले घटेर २६०९.५८ को विन्दुमा झरेको छ।

बजार घट्दा १० वटा उपसमूह घटेका छन् भने ३ वटामात्रै बढेका छन्। यो दिन लघुवित्त समूह सर्वाधिक १.१२ प्रतिशतले बढ्दा वित्त समूह सर्वाधिक ४.४७ प्रतिशतले घटेको छ।

Crest

यो दिन ६९ वटा कम्पनीको शेयरभाउ बढेको छ भने १७२ वटाको घटेको छ। आज २ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज करिब साढे ५ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार प्रभु बैंकको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • प्रभु बैंकः २६ करोड १० लाख रुपैयाँ
  • जानकी फाइनान्सः १६ करोड ९ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १५ करोड ३४ लाख रुपैयाँ
  • एनएलजी इन्स्योरेन्सः १२ करोड १३ लाख रुपैयाँ
  • रिभर फल्स पावरः ११ करोड १८ लाख रुपैयाँ
  • कुमारी बैंकः ११ करोड ५ लाख रुपैयाँ
  • सप्तकोशी डेभलपमेन्ट बैंकः ९ करोड ९४ लाख रुपैयाँ
  • समृद्धि फाइनान्सः ८ करोड ५९ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः ७ करोड ९८ लाख रुपैयाँ
  • जोशी हाइड्रोपावरः ७ करोड ७९ लाख रुपैयाँ

उच्च कारोबार १० कम्पनीमध्ये एनआरएन इन्फ्रास्ट्रक्चर, एनएलजी इन्स्योरेन्स र रिभर फल्स पावरको शेयरभाउ बढेको छ भने बाँकी सबैको घटेको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS