IME Life
GBIME

शेयर बजारमा २१ अंकको गिरावट, १७२ कम्पनीको मूल्य घट्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २१ दशलमव १२ अंकले घटेर २,६०९ को विन्दुमा कायम भएको छ । आज ६९ कम्पनीको शेयर मूल्य बढेको छ भने १७२ कम्पनकिो मूल्य घटेको छ ।

आज दिनभरिमा ३१६ कम्पनीको १ करोड १० लाख ९९ हजार २३९ कित्तमा शेयर किनबेच हुँदा ५ अर्ब ४७ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै प्रभु बैंकको शेयर कारोबार भएको छ । आज यस बैंकको २६ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । जानकी फाइनान्सको १६ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको १५ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै महिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आत्मानिर्भर लघुवित्तका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् । मानुषि लघुवित्तका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी, जानकी फाइनान्स, सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS