IME Life
GBIME

‘आइएमई गरौँ,करोडपति बनौँ’ योजना अन्तर्गत प्रमिलाले पाइन् १ करोड

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । विदेशमा कमाएको रकम आइएमई गर्दा १ करोड रुपैयाँ जितेकी प्रमिला रोकायालाई आइएमई ग्रुपले उनको घरमै पुगेर चेक हस्तान्तरण गरेको छ । जापानको क्योदाइबाट आइएमई रेमिटमार्फत रकम पठाएकी प्रमिलालाई एक करोडको चेक हस्तान्तरण गरिएको हो ।

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ स्थित बल्मी टोल निवासी रोकायालाई शनिवार उनकै निवासमा पुगेर आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक हस्तान्तरण गरेका हुन् ।

Crest

चेक हस्तानान्तर गर्दै ढकालले विदेशमा रहेका नेपालीहरूले कमाएको पैसा नेपाल पठाउने विश्वासिलो माध्यमसँगै वैदेशिक रोजगारीमा रहेकाहरूको सपना पूरा गर्ने माध्यम आइएमई बन्न सफल भएकोमा खुसी व्यक्त गरेका छन् । चेक बुझदै गर्दा रोकायाले आफ्ना बाबु आमाका लागि घर बनाउने सपना रहेको पनि जानकारी दिइन् ।

गत असोजमा आइएमईका ब्रान्ड एम्बेसडर दीपाश्री निरौलाले काठमाण्डौंमा सार्वजनिक लक्की ड्र मार्फत सेवाग्राहीको नम्बर छनोट गर्दा प्रमिला रोकाया करोडपति क्याम्पेनको भाग्यशाली विजेता बन्न सफल भएकी थिइन् ।

आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम–रेमिटेन्स मार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले गत वर्ष सञ्चालन गरेको ‘आइएमई गरौँ,करोडपति बनौँ’ योजना अन्तर्गत भाग्यशाली सेवाग्राहीको छनोट गरिएको थियो ।

आइएमईले एक वर्ष अघि विदेशमा कमाएको रकम औपचारिक माध्यम–आइएमई गरी रकम पठाउने सेवाग्राहीहरूमध्ये एक जनाले १ करोड रुपैयाँ नगद जित्ने अफर सार्वजनिक गरेको थियो ।

साथै प्रत्येक महिना एक जनाले १ लाख नगद रुपैयाँ प्राप्त गरेका थिए । आइएमई गरी आइएमई पे वालेट, बैङ्क खातामा जम्मा गर्ने तथा आइएमई काउन्टरमा रकम पठाउने सेवाग्राहीहरू यो योजनामा सहभागी भएका थिए ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS