IME Life New
GBIME

बीमा कम्पनीहरुमा थपिए ३७० कर्मचारी, शाखा विस्तारमा निर्जीवन बीमक आक्रामक

SPIL
NLIC

काठमाडौं । शाखा विस्तारमा जीवन बीमकभन्दा निर्जीवन बीमक आक्रामक देखिएका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मंसिरसम्मको तथ्यांकबाट यस्तो देखिएको हो। जीवन र निर्जीवन दुवै बीमकको शाखा कार्यालयसँगै कर्मचारी संख्या पनि बढेको छ। वृद्धिदरमा भने निर्जीवन बीमक अगाडि देखिएका छन्।

Crest

हाल नेपालमा १४ वटा जीवन, १४ वटा निर्जीवन, ३ वटा लघु जीवन र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरु सञ्चालनमा छन्। समीक्षा अवधिसम्म यी कम्पनीहरुका देशभर प्रधान, क्षेत्रीय, शाखा र उपशाखा कार्यालय गरेर २ हजार ९९१ वटा रहेका छन्। अघिल्लो वर्ष यही अवधिसम्म २ हजार ८६३ वटा कार्यालय रहेका थिए। अघिल्लो वर्षको तुलनामा कार्यालय संख्या ४.४७ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म जीवन बीमकको कार्यालय ०.३३ प्रतिशतले बढेर १ हजार ८३० पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कार्यालय संख्या १ हजार ८२४ वटा थियो।

यसैगरी चालु आर्थिक वर्षको मंसिरसम्म निर्जीवन बीमकको कार्यालय संख्या ११.७४ प्रतिशतले बढेर १ हजार १६१ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कार्यालय संख्या १ हजार ३९ वटा रहेको थियो।

त्यस्तै समीक्षा अवधिसम्म बीमा कम्पनीहरुमा ११ हजार ८१८ कर्मचारी कार्यरत छन्। जसमा जीवन बीमकतर्फ ५ हजार ८८२ र निर्जीवन बीमकतर्फ ५ हजार ९३६ रहेका छन्।

अघिल्लो वर्ष यही अवधिसम्म बीमा कम्पनीहरुमा ११ हजार ४४८ जना कर्मचारी कार्यरत थिए। जसमा जीवन बीमकतर्फ ५ हजार ८०५ र निर्जीवन बीमकतर्फ ५ हजार ६४३ कार्यरत थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म जीवन बीमकमा कर्मचारी संख्या १.३३ प्रतिशत र निर्जीवन बीमकमा ५.१९ प्रतिशतले बढेको छ।

पछिल्लो १ वर्षमा बीमा कम्पनीहरुमा ३७० जना कर्मचारी थपिएका छन्।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS