IME Life New
GBIME

चिनियाँको भरमा कति चल्छ पोखरा विमानस्थल ? क्यानले भन्यो, सधैं ऋण मात्र तिर्न सकिन्न

SPIL
NLIC

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुई वर्षमा बिहीबारसम्ममा जम्मा १ पटक अन्तर्राष्ट्रिय व्यवसायीक उडान भएको छ। छैठाैं पटक चार्टर्ड अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएको छ।

२०७९ पुसमा यो विमानस्थल सञ्चालनमा आएयता यहाँ ६ चार्टर्ड र १ व्यवसायीक उडान भएका छन् । २०८० असार ६ मा सिचुवानले पोखरामा चार्टर्ड उडानमार्फत पहिलो अन्तर्राष्ट्रिय उडान भरेको थियो ।

Crest

चिनियाँ पक्षले बेल्ट एण्ड रोड इनिसिएटिभ अन्तर्गत पोखरा विमानस्थल निर्माण गरिएको दुष्प्रचार गरिदिए पछि छिमेकी मुलुक भारत समेत यो विमानस्थल प्रयोगमा ल्याउनबाट हच्किएको छ। सरकारी तहबाट औपचारिकरूपमा अनुरोध भइसक्दा समेत यो विमानस्थललाई पायक पर्ने गरी भारतीय पक्षले भैरहवाको आकाशबाट भारततर्फ दुइतर्फी उडान भर्न हवाई रूटको इजाजत दिएको छैन।

चार्टर्ड उडानमार्फत चीनको छेङदुबाट पोखरा विमानस्थलमा अवतरण गरेको सिचुआन एयरलाइन्सको न्यारोबडी जहाज । तस्वीर साैजन्यः चिनियाँ राजदूतावास

यो विमानस्थल निर्माणका लागि सरकारले  चीनको एक्जिम बैंकसँग २४ करोड ४० लाख ४० हजार अमेरिकी डलर ऋण लिएको छ। नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बिहीबार पोखराका पर्यटन व्यवसायीमाझ दिएको जानकारी अनुसार ऋणको किस्तावापत वर्षको दुई अर्ब रूपैयाँ तिर्नु परिरहेको बताए।महानिर्देशक अधिकारीले हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सलाई पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्न आफूले आग्रह गरेको बताए ।

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको उदाहरण दिंदै उनले माग सिर्जना नभएसम्म नियामकको दबाबबाट मात्र अन्तर्राष्ट्रिय उडान संभव नहुने समेत धारणा व्यक्त गरे ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स पोखराले आयोजना गरेको पोखरा विमानस्थल उडान सम्बन्धी छलफलमा प्राधिकरणका कर्पोरेट डाइरेक्टर हंशराज पाण्डेले पोखरा विमानस्थलको ऋण तिर्दा प्राधिकरणसँग भएको पूँजी रित्तिन लागि सकेको गुनासो गरे।

यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसकेपछि प्राधिकरण मात्र नभएर पोखराको पर्यटन व्यवसायी पनि चिन्तित छन् । अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडानसँगै  पर्यटक आगमन बढ्ने आशामा पर्यटन पूर्वाधारमा व्यवसायीले लगानी बढाए पनि अहिले ऋणको ब्याज तिर्न समेत धाैंधाैं हुन थालेको गुनासो गरे ।

नागरिक उड्ययनका जानकारहरूका अनुसार पोखरा विमानस्थलको भाैगोलिक अवस्थितिका कारण यो विमानस्थलबाट उडान अवतरणमा जोखिम छ। वरपर नजिकैको दुरीमा ठूला पहाड भएकाले ठूलो जहाज उडान अवतरण गर्न जोखिमपूर्ण छ। यसबाहेक आन्तरिक उडानका लागि बनाइको यात्रु प्रतिक्षालय पनि निक्कै साँघुरो छ । लगातार चार वटा उडान रद्द भइ हाल्यो भने यात्रु उभिने ठाउँ समेत हुँदैन ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS