IME Life New
GBIME

छोरीको बीमा गर्न जाँदा आफैँ बने अभिकर्ता, बढाउँदैछन् जनसम्पर्कसँगै आर्थिक सबलता

SPIL
NLIC

काठमाडौं । जुनसुकै पेसा वा व्यवसायमा पनि धैर्यता कायम राख्यो भने अवश्य सफलता पाइन्छ भन्ने मानसिकता बोकेका व्यक्ति हुन्, उद्धव केसी। उनी पेसाले सिनियर एजेन्सी म्यानेजर हुन्। हाल उनी प्रभु महालक्ष्मी लाइफको गठ्ठाघर शाखाअन्तर्गत रही काम गर्दै आइरहेका छन्।
२०३७ सालमा दोलखाको शैलुङ गाउँपालिका–८ मा जन्मिएका उद्धवको हाल भक्तापुरमा बसोबास गर्छन्। सामान्य परिवारमा जन्मिएका उद्धवले बीमा क्षेत्रमा लागेको छोटो समयमै सफलता हासिल गरेका छन्। उद्धव साथीभाइ, इष्टमित्र तथा चिनजानअन्तर्गतका सर्कलमा गई बीमा शिक्षा दिने गर्छन्।

बीमा पोलिसी बेच्नमात्रै फोकस नगरी बीमा शिक्षा तथा सचेतना सबैमा जागोस् भन्ने मनसिकता बोकेर हिँड्ने गरेको उद्धव बताउँछन्। ‘बीमा बुझेपछि त अवश्य पनि सबैले बीमा गर्नुहुन्छ’, उनले भने, ‘जुनसुकै ठाउँमा जाँदा पनि सुरुमै बीमा ल्याउँछु भन्दा पनि बीमा बुझाउँछु भनेर जान्छु। उहाँहरुले बीमा बुझेपछि त महत्वपूर्ण रहेछ मेरो पनि बीमा गर्नुपर्यो भनेर आफैँ आउनुहुन्छ भन्ने लाग्छ।’

Crest

उद्धव बीमा अभिकर्तासँगै अन्य व्यवसायमा पनि आबद्ध छन्। उद्धवको प्रिसियस ट्रेड इन्टरनेसनल, प्रिसियस यातायात सेवा र फिजियो थेरापी व्यवसाय छन्। आफ्नो व्यवसायमा रमाइरहेका उद्धवको २ वर्ष अगाडि छोरीको जन्म भयो। छोरी जन्मेको ३५ दिनभित्र नै उद्धवले छोरीको बीमा गर्ने योजना बनाए अनि इन्स्योरेन्स कम्पनीमा काम गर्ने आफ्ना साथी बबिब दुवाललाई छोरीको बीमाका लागि कुरा गरे। उद्धवले साथीलाई ‘मेरी छोरीको बीमा पनि गर्नुछ, कस्ता योजना छन् ? कति लाग्छ’ भनेर बीमाबारे बुझ्न खोजे। दुवालले ‘तपाइँ आफैँ अभिकर्ता बन्नुस्, राम्रो छ यो पेसा, पार्टटाइमका रुपमा समय भएको बेला गर्न सकिन्छ। आउनुस् मिलेर गरौँला’ भने। साथीले त्यसो भन्दै गर्दा उद्धवलाई भने खासै चासो थिएन। पछि साथीले ‘म सहयोग गर्छु, मिलेर गरौँ, राम्रो हुन्छ’ भनेपछि उद्धवले अन्ततः २०७९ सालमा लाइसेन्स लिएर काम थर्न थाले। कस्तो हुँदो रहेछ भन्दै अभिकर्ता पेसामा प्रवेश गरेका उद्धव अहिले सफलताका खुड्किला एकएक गर्दै चढ्न सफल भएका छन्।आफ्नो व्यवसायसँगै उद्धवले बीमा अभिकर्तालाई पनि साथ लिएर हिँडेका छन्। अन्य व्यवसायका कारण पनि उनलाई बीमा क्षेत्रमा निकै सहज भएको बताउँछन्। साथीको सल्लाहमा अभिकर्ता पेसा अँगालेका उद्धव काम गर्दै जाँदा यो पेसा रमाइलो लागेको बताउँछन्। उद्धवले पहिलो बीमा साथीको धनु कठायतको छोरा बिषेस  कठायतको गराएको हुनाले पहिलो बीमा गराउन खासै गाह्रो नभएको बताए।

सुरु–सुरुमा बीमासम्बन्धी ज्ञान कम भएको हुनाले उद्धबलाई बीमा गराउन गाह्रो भएको थियो। पछि बीमा बुझ्दै गएपछि कम्पनीले अभिकर्ता क्षमता अभिवृद्धि तालिम दिएपछि उनलाई बीमा ज्ञान बढ्दै गयो र बीमा गराउन सहज भयो। त्यसपछिका दिनमा उद्धवले साथीभाइको बीमा गर्न थाले। उनमा ऊर्जा थपियो। ‘अनि काम गर्न सक्छु भन्ने हिम्मत र आँट जाग्यो’, उनले भने, ‘अहिले राम्रो व्यापार गरेको छु।’

विगत सम्झिँदै उद्धवले भने, ‘कोभिडको समयमा लकडाउन भयो, व्यवसायहरु ठप्प भए। अनि मैले बेकरी खालेँ। बेकरी पनि १ वर्ष चलाएँ। लकडाउन खुलेपछि बेकरी पनि चल्न छोड्यो। त्यसपछि मैले पसल बिक्री गरेँ। हो, त्यो समयमा नै अभिकर्ता पेसा मेरो कमाइ खाने भाँडो थपियो। अहिले आफ्नो व्यवसायसँगे मैले यो पेसा गरिरहेको छु। धेरै खुसी र सन्तुष्ट छु। यो पेसा हाम्रा लागिमात्रै हुने पेसा होइन। यसबाट मलाई केही मात्रामा फाइदा होला तर बीमा गर्नेहरुको त जीवन नै सुरक्षा हुन्छ। यो सामाजिक पेसा पनि हो। मैले यो पेसा गरेरमात्रै पैसा कमाएको छैन। समाज सेवा गरिरहेको छु जस्तो लाग्छ।’

अहिले पनि मानिसहरुमा बीमा बुझाइ कम रहेको उद्धवको भनाइ छ। ‘अहिले पनि कतिपय ठाउँमा बीमा प्रस्ताव लिएर जाँदा बीमा कम्पनीले खाएर भाग्छ होला, पैसा दिँदैन भन्ने भनाइ धेरै मानिसमा रहेको छ’, उनले भने, ‘तर, कुनै पनि बीमा कम्पनीले पैसा खाएको हुँदैन। मानिसहरुले समयमा प्रिमियम तिरेका हुँदैनन्। अनि त्यही समयमा ती मानिसको घरमा घटना घट्छ। अनि कम्पनीको पनि नीनि–नियम हुन्छ, प्रिमियम नतिरेको समयमा बीमा कभरेज हुँदैन। बीमा गरेको छु भनेरमात्रै हुँदैन। समयमा प्रिमियम तिर्नुपर्छ। अनिमात्रै बीमा दाबी भुक्तानी पाइन्छ भन्ने शिक्षा मानिसहरुमा कम छ।’

बीमा गरेरमात्रै नहुने, बीमा बुझेर गर्नुपर्ने उद्धवले सबैलाई आग्रह गरेका छन्। उद्धबको बुझाइमा बीमा अभिकर्ता भनेको बीमा कम्पनी र बीमितबीच रहेर काम गर्ने व्यक्ति हो। ‘बीमा भनेको विश्वासको बजार हो। त्यसकारण बीमा अभिकताले झुटको खेती गर्नुहुँदैन, मानिसलाई सही रुपमा बीमाका बारेमा बुझाउन सक्नुपर्छ’, उनले भने, ‘बीमा सुरक्षित बचत हो, अरुलाई सुरक्षित बनाउने सिलसिलामा आफू सुरक्षित नभईकन अरुलाई सुरक्षित बनाउँछु भन्ने कल्पना गर्न हुँदैन।’बीमा अभिकर्तामा धेरै खालका गुण हुनुपर्ने उद्धवको भनाइ छ। असल बीमा अभिकर्तामा मीठो बोली, धैर्यता, नरिसाउने, असल छवि, पारदर्शीता, लगनशीलता र हसिलो व्यवहारजस्ता गुणहरु हुनु आवश्यक रहेको उनको अनुभव छ। दुई वर्षदेखि बीमा अभिकर्ता पेसामा जोडिन पुगेका उद्धव आगामी दिनमा पनि यही पेसालाई निरन्तरता दिने उद्देश्य रहेको सुनाउँछन्।

बीमा अभिकर्ता पेसाले आर्थिक रुपमा स्वतन्त्रता दिएको, अन्य व्यवसाय व्यवस्थापनमा समेत सहज भएको, जीविकोपार्जनमा योगदान पुर्याएका कारणले यो पेसा राम्रो लागेको उद्धब बताउँछन्। यो पेसा सम्मानित र जीवन उपयोगी पेसा भएका कारण पनि यो पेसाप्रति गर्व गर्छन्, सिनियर एजेन्सी म्यानेजर उद्धव।

अभिकर्ता बनेपछि उद्धवले धेरै कुराको अनुभव गरिसकेका छन्। ‘कुनै व्यवसायमा आबद्ध भएर काम गर्दा कम्पनीसँग मात्रै लगाव बढ्ने गर्छ तर अभिकर्ता बनेर काम गर्दा समाजलाई नजिकबाट नियाल्न पाउने, जनसम्पर्क धेरै हुन्छ’, उनी भन्छन्, ‘तसर्थ अभिकर्ता पेसा एकदमै उपयुक्त पेसा हो।’

आफ्नो कम्पनीले दिने हरेक टार्गेट मिट गर्ने गरेको उद्धव सुनाउँछन्। उनले २०२४ र २०२५ का लागि एमडीआरटीको लक्ष्य हासिल गरेका छन्। उनले कर्पोरेट क्लब, सीईओ क्लबअन्तर्गतका अवार्ड हात पारेका छन्। कम्पनीले दिने विभिन्न लक्ष्य पूरा गरेर उनी ७ पटक जति विदेश भ्रमण गरिसकेका छन्।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS