IME Life New
GBIME

पाँच महिनामा निर्जीवन बीमकको कुल व्यापार १७ अर्ब १७ करोड, कुनले कति गरे ?

SPIL
NLIC

काठमाडौं । आर्थिक वर्ष २०८१ /८२ को मंसिर महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले कुल १७ अर्ब बढी कुल बीमाशुल्क संकलन गरेका छन् । यी कम्पनीहरुले समीक्षा अवधिसम्ममा ११ लाख ३७ हजार२७२ वटा बीमा पोलिसी बिक्री गरी कुल १७ अर्ब १७ करोड ७७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।

यस अवधिमा सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले २ अर्ब १९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ७६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । तेस्रोमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले १ अर्ब ७४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

Crest

त्यस्तै, आइजिआई प्रुड्न्सियल इन्स्योरेन्सले १ अर्ब ४५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेको इन्स्योरेन्सले १ अर्ब ४० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब ४० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एनएलजी इन्स्योरेन्सले १ अर्ब १३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । ओरिएण्टल इन्स्योरेन्सले १ अर्ब १२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
त्यसैगरी यूनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब २ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सानिमा जिआईसी इनस्योरेन्सले ९९ करोड ७४ लाख रुपैयाँ बुल बीमाशुल्क संकलन गरेको छ । नेपाल इन्स्योरेन्सले ९४ करोड ४६ लाख रुपैयाँ बुल बीमाशुल्क संकलन गरेको छ । प्रभु इन्स्योरेन्सले ७६ करोड ६८ लाख रुपैयाँ बुल बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले ६७ करोड ११ लाख रुपैयाँ बुल बीमाशुल्क संकलन गरेको छ । नेशनल इन्स्योुरेन्सले ५४ करोड ३४ लाख रुपैयाँ बुल बीमाशुल्क संकलन गरेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS