काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १४ दशलमव ११ अंकले बढेर २,६२६ को विन्दुमा कायम भएको छ । आज १६७ कम्पनीको मूल्य बढ्यो भने ७१ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३१२ कम्पनीको १ करोड २७ लाख ४६ हजार ४१० कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २० करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै जानकी फाइनान्सको शेयर कारोबार भएको हो । आज यस कम्पनीको २० करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जोशी हाइड्रोको १९ कुरोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल फाइनान्सको ९ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्त, गुराँस लघुवित्त वित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । न्यादी हाइड्रोका लगानीकर्ताले ८ दशलमव ६० प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।