काठमाडौं । चालु आर्थिक वर्षको मंसिरसम्म लघु जीवन बीमकले साढे ४० करोड रुपैयाँ बढीको व्यापार भित्र्याएका छन्।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार ३ वटा लघु जीवन बीमकले ४ लाख ९६ हजार ६३१ वटा बीमालेख बिक्री गरेर ४० करोड ३४ लाख ८४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। यो ५ महिनामा सर्वाधिक व्यापार भित्र्याउनेमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स रहेको छ। यो कम्पनीले ३ लाख ३२ हजार ७ वटा बीमालेख बिक्री गरेर १५ करोड ५७ लाख ४१ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
यसैगरी दो्रस्रोमा क्रेष्ट माइक्रो लाइफ रहेको छ। यो कम्पनीले मंसिरसम्म १ लाख ६ हजार ३१४ वटा बीमालेख बिक्री गरेर १४ करोड ७८ लाख ७७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
त्यस्तै मंसिरसम्म लिबर्टी माइक्रो लाइफले ५८ हजार ३१० वटा बीमालेख बिक्री गरेर ९ करोड ९८ लाख ६७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।