IME Life
GBIME

पाँच महिनामा जीवन बीमकको कुल व्यापार ६५ अर्ब ७४ करोड माथि, कुनको कति ? (सूचिसहित)

SPIL
NLIC

काठमाडौं । आर्थिक वर्ष २०८१ /८२ को मंसिर महिनासम्ममा जीवन बीमा कम्पनीहरुले कुल साढे ६५ अर्ब बढी बीमाशुल्क संकलन गरेका छन् । बीमा प्राधिकरणको तथ्याङक अनुसार यी कम्पनीहरुले १ करोड ३३ लाख ४२ हजार २४६ वटा बीमा पोलिसी बिक्री गरी ६५ अर्ब ७४ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।

यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा १८ अर्ब ६७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले ७ अर्ब ९८करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एलआइसी नेपालले ७ अर्ब ६६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

Crest

त्यस्तै, हिमालयन लाइफले ६ अर्ब ७९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सूर्यज्योति लाइफले ३ अर्ब ९९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एशियन लाइफले ३ अर्ब ३६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सिटिजन लाइफले २ अर्ब ६५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सानिमा रिलायन्स लाइफले २ अर्ब ५९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

त्यसैगरी मेट लाइफले २ अर्ब ३३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले २ अर्ब २५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । प्रभु महालक्ष्मी लाइफले १ अर्ब ९४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । रिलायबल नेपाल लाइफले १ अर्ब ९२करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । आइएमई लाइफले १ अर्ब ८९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सन नेपाल लाइफले १ अर्ब ५७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS