IME Life New
GBIME

लिबर्टी माइक्रो लाइफद्वारा लघु जीवन बीमा अभिकर्ता तालिम सम्पन्न

SPIL
NLIC

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले लमजुङको व्यावसायिक एवम् शैक्षिक केन्द्र सुन्दरबजारमा लघु जीवन बीमा अभिकर्ताको एक दिने तालिम सम्पन्न गरेको छ । माइक्रो इन्स्योरेन्स कम्पनी लमजुङले जीवन बीमा अभिकर्ता तालिम पुस ८ गते सञ्चालन गरेको हो ।

सुन्दरबजार नगरपालिका– ७ को हलमा सञ्चालित सो तालिममा कम्पनीको लुम्बिनीका प्रमुख शिव पौडेलको अध्यक्षता र सुन्दरबजार नगरपालिका– ७ का वडा अध्यक्ष जयराम रेग्मीको प्रमुख आतिथ्यता रहेको थियो ।

Crest

सो अवसरमा प्रमुख अतिथि वडा अध्यक्ष जयराम रेग्मिले माइक्रो लाइफ इन्स्योरेन्सको बारेमा बुझ्दै गरेको र आफूलाई उचित लागेको हुँदा लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्समा बीमा गरेको जानकारी दिँदै यसले जोखिम बहनका अलवा बचत गर्ने बानी बसाल्ने बताए ।

कार्यक्रमका अध्यक्ष लिबर्टी माइक्रो लाइफ गण्डकी लुम्बिनीका प्रमुख शिव पौडेलले बीमा किन गर्ने ? बीमा गर्दा हुने फाइदा ? बीमाको महत्त्व ? लिबर्टी माइक्रो लाइफको चिनारी ? अभिकर्ता के हो ? यसले के कसरी काम गर्नु पर्दछ, बीमा गर्न चाहानेसँग समन्वय गरी बीमा कार्य के कसरी गर्नु पर्दछ, अभिकर्ता र बिमा कम्पनी बीचको अन्तर सम्बन्ध, कम्पनीको विभिन्न प्रोडक्टहरू जस्ता विविध बिषयमा जानकारी दिए ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS