IME Life
GBIME

के सरकारले बीमा प्राधिकरणमा पहिलो महिला अध्यक्ष नियुक्तिको निर्णय गर्ला ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५५ वर्षको इतिहासमा पहिलो पटक सञ्चालक समितिमा महिला प्रतिनिधित्व अनिवार्य हुने भएको छ। बीमा ऐन २०७९ को बाध्यात्मक प्रावधान अनुसार पहिलो पटक महिला प्रतिनिधिले सञ्चालक समितिमा प्रतिनिधित्वको अवसर पाउने भएका हुन् ।

ऐनले सञ्चालक समितिको सदस्यमध्ये कम्तीमा एक जना महिला अनिवार्य नियुक्त गर्नुपर्ने व्यवस्था गरेको छ। यसअघि महिला सदस्य नियुक्तिमा कानूनी प्रावधानले बाधा नपुर्‍याए पनि प्राधिकरणको पाँच दशक लामो इतिहासमा कहिल्यै महिलालाई बोर्डमा समेटिएन ।

Crest

यस पटक जीवन वा निर्जीवन बीमा व्यवसायमा विशेष ज्ञान भएका महिला मध्ये एकजना महिला ४ वर्षे कार्यकालका लागि अनिवार्य सदस्य नियुक्त हुने बाटो खुलेको छ।बीमा ऐन २०७९ को दफा ६ मा सञ्चालक समिति व्यक्तिमध्येबाट एकजना र निर्जीवन बीमा व्यवसायमा विशेष ज्ञान भएका व्यक्तिमध्येबाट एकजना सदस्य सरकारले नियुक्त गर्न सक्ने प्रावधान छ। दफा ६ को उपदफा २ अनुसार सरकारले यी दुई विशेषज्ञमध्ये कम्तीमा एकजना महिला सदस्य नियुक्त गर्नुपर्नेछ।

सञ्चालक समितिमा पाँच सदस्यीय सञ्चालक समितिमा अर्थ वा कानून मन्त्रालयबाट समेत सरकारले महिला सहसचिवको प्रतिनिधित्व गराएको छैन । प्राधिकरणको स्थापना देखि नै पुरूष कर्मचारीलाई नै प्रतिनिधित्वको अवसर प्रदान गर्दै आएको छ।

अहिले प्राधिकरण सञ्चालक समितिमा बीमितको प्रतिनिधित्व गरिरहेका दाङका सन्तोष रिजाल सञ्चालक समितिमा बीमितको तर्फबाट प्रतिनिधित्व गर्ने अन्तिम व्यक्ति हुनेछन् । मन्त्री परिषदको २०७८ मंसिर १६ गतेको निर्णयबाट चार वर्षका लागि नियुक्त रिजालको कार्यकाल २०८२ मंसिर १५ गते पुरा हुनेछ।

प्राधिकरणको अध्यक्ष सूर्यप्रसाद सिलवाल भ्रष्टाचार अभियोगका कारण अपदस्थ भएपछि अध्यक्ष पद रिक्त रहेको छ। यसैगरी बीमा विज्ञका रूपमा बोर्ड सदस्य रहेका कपिल देव ओली पनि दोश्रो चार वर्षे कार्यकाल पुरा भएपछि अर्को सदस्य पद पनि रिक्त रहेको छ।

बीमा ऐनको प्रावधान अनुसार प्राधिकरणको बोर्डमा अध्यक्ष सहित पाँच सदस्य रहने व्यवस्था छ। बोर्डमा मन्त्री परिषदको निर्णयका आधारमा नियुक्त गरिने कार्यकारी अध्यक्ष बाहेक अर्थ मन्त्रालयको प्रतिनिधि, कानून न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको प्रतिनिधि, बीमितको प्रतिनिधि र बीमा विज्ञ सदस्य रहन्छन् ।

बीमा विज्ञ ओलीको कार्यकाल पुरा भएको र अध्यक्ष समेत पदमुक्त भएकाले अहिले बोर्डमा जम्मा तीन जना रहेका छन् । बाँकी दुई पद रिक्त छ। नेपाल सरकारले नेपालको बीमा क्षेत्रको नियामकको नेतृत्वमा महिलाको प्रतिनिधित्व गराउने अवसरको सदुपयोग गर्न सक्छ।

बाध्यकारी कानूनी प्रावधान अन्तर्गत सदस्य पदमा बीमा विज्ञ र ऐनले दिएको अधिकारको सदुपयोग गरेर प्राधिकरणको सञ्चालक समिति अध्यक्ष पदमा महिलाको नियुक्ति ।प्राधिकरणको अध्यक्ष वा सदस्य नियुक्तिका लागि बीमा, माैद्रिक, बैंकिङ्ग, वित्तीय, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव हुनुपर्छ। यस्तो योग्यता पुरा भएका बीमा क्षेत्रमै उल्लेख्य संख्यामा महिला छन् । यसबाहेक बैंक तथा वित्तीय संस्थामा दुई दशक लामो अनुभव हासिल गरि सकेका महिला उम्मेदवार पनि नेपाली बजारमा छन् ।

नेपाल बीमा प्राधिकरण अध्यक्ष र सदस्यको योग्यताप्राधिकरणको अध्यक्ष नियुक्तिमा पछिल्लो समय हुँदै आएको अनावश्यक राजनीतिक चासो र रकम लेनदेनका कारण निष्पक्षरूपमा प्राधिकरणको अध्यक्ष चयन हुने संभावना ज्यादै न्यून छ। समय सीमा पुरा हुन अब दश दिन मात्र बाँकी भएपनि अहिलेसम्म सरकारले नयाँ अध्यक्ष नियुक्तिको निर्णय गर्न सकेको छैन । ऐनमा अध्यक्ष पद रिक्त हुनु एक महिना अगावै नयाँ अध्यक्ष नियुक्तिको निर्णय गरिसक्नुपर्ने प्रावधान छ। भ्रष्टाचारको अभियोगमा निलम्बनमा परेका सिलवालको कार्यकाल आउँदो माघ १७ गते सकिने थियो, त्यसैले अब सरकारले पाैष १७ गतेभित्र अध्यक्ष नियुक्तिको निर्णय गरिसक्नुपर्नेछ।

प्राधिकरणको सञ्चालक समितिमा विज्ञ सदस्य पद रिक्त भएको चार महिना बितिसक्दा समेत सरकारले महिला सदस्य नियुक्तिको निर्णय गरेको छैन ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS