IME Life New
GBIME

पर्यटन व्यवसायमा रू. २० खर्ब बढीको लगानी, तर यात्राका लागि कुनै पनि राजमार्ग छैनन् भरपर्दो

SPIL
NLIC

काठमाडौं । कोरोना महामारीपछि देशको पर्यटन क्षेत्रमा सुधार हुने अपेक्षामा होटल व्यवसायमा धमाधम लगानी गरेका व्यवसायी अहिले आएर चिन्तित हुन थालेका छन् । होटल, रिसोर्ट लगायतको संख्या थ पिए पनि विदेशि पर्यटकको आगमन अपेक्षितरूपमा बढ्न नसकेकाले पर्यटन व्यवसायी चिन्तित भएका हुन्।

आन्तरिक हवाइ दुर्घटनाको कारण तेश्रो मुलुकका पर्यटकहरू नेपाल भ्रमण गर्न हिच्चिकाउन थालेका छन् । पर्यटन व्यवसायीका अनुसार गत साउनमा सौर्य एयरको जहाज र नुवाकोटको सूर्य चौरमा हेलिकप्टर दुर्घटनाबाट अन्तर्राष्ट्रिय पर्यटन क्षेत्रमा नेपालको हवाई यात्रा उच्च जोखिमपूर्ण भएको सन्देश फैलिएको छ।

Crest

तराइ हुँदै भारतीय भूभागलाई काठमाडौंसँग जोड्ने सडकको दुर्दशाका कारण भारतीय पर्यटक पनि कष्टकर यात्रा गर्न चाहेका छैनन् । धादिङ र काठमाडौं जोड्ने त्रिभूवन राजमार्ग खण्ड, पूर्वी तराई जोड्ने विपी राजमार्ग, हेटौंडासँग जोड्ने कुलेखानी, फाखेल, ललितपुर र मकवानपुर जोड्ने कान्तिराजपथको अवस्था ज्यादै खराब छ। भारतीय सवारी साधनको आगमन सहज भएकाले मध्यमवर्गिय भारतीयहरू स्थलमार्गबाटै सपरिवार नेपाल यात्रा गर्न रूचाउँछन् । तर गत असोजको बाढीमा भारतीय नागरिक सवार बस त्रिशुली नदीले बगाएको र दमौलीमा भारतीय यात्रु बस दुर्घटनामा परेको घटनाले झनै नकारात्मक सन्देश फैलिएको छ।

पृथ्वी राजमार्गको मुग्लिङ देखि पोखरा जोड्ने सडक र महेन्द्र राजमार्गको कावासोती बुटवल जोड्ने सडक निर्माणाधिन भएकाले स्थलमार्गबाट आउजाउ गर्न यात्रुलाइ निक्कै कष्टकर छ। राजमार्गमा यात्रुलाइ खाना खुवाउन खोलिएका होटल, रेष्टुरेण्टको अस्वस्थ्यकर खाना, फोहोर शौचालय, इन्धन भर्ने पेट्रोल पम्पको दुर्गन्धित शौचालय लगायतले नेपालमा स्थलमार्ग सहज र सुविधायुक्त हुन सकेको छैन ।

व्यवसायीका अनुसार अक्टुबर नोभेम्बरको मुख्य पर्यटकीय मौसममै होटल भरिभाउ हुन सकेनन् । तारे स्तरका होटलमा औसत अकुपेन्सी ५० प्रतिशतमा सीमित रह्यो । पर्यटन व्यवसायमा लगानी दिन दिनै बढ्दै जाँदा पर्यटकको आगमन खस्किंदा यसले अर्थतन्त्रमै दीर्घकालीन प्रभाव पार्ने भन्दै व्यवसायीले चिन्ता व्यक्त गरेका छन्।

पर्यटन विभागका अनुसार देशभर २१२ तारे होटल, १३२ रिसोर्ट र २६ वटा क्यासिनो सञ्चालनको इजाजत दिइएको छ । यसैगरी ३६८ वटा थप होटल प्रदेश मातहत छन् । विभागबाट तारे होटलको मान्यता नलिएर स्थानीय स्तरमा सञ्चालनमा ल्याइएका अन्य होटलहरू पनि छन् । पर्यटन क्षेत्रमा भएको लगानीको यकीन तथ्यांक उपलब्ध नभएपनि व्यवसायीका अनुसार यो क्षेत्रको लगानी २० खर्ब रूपैयाँ नाघि सकेको छ। नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको तथ्यांक अनुसार बैंक वित्तीय संस्थाबाट पर्यटन व्यवसायमा २ खर्ब ४१ अर्ब रूपैयाँ ऋण लगानी गरिएको छ।

औंलामा गन्न सकिने संख्यामा रहेका पाँच तारे स्तरका होटलको संख्या पनि २५ नाघि सकेको छ। काठमाडौं उपत्यकाभित्रै पाँच तारे स्तरका होटलको संख्या १० पुगेको छ। उपत्यका भित्र र बाहिर समेत थप पाँच तारे होटल निर्माणाधिन छन् । उपत्यका बाहिर भैरहवामा सर्वाधिक पाँच तारे होटल छन् । यसैगरी काभ्रे, कास्की, झापा, मोरङ, चितवन, बारा, बाँके जिल्लामा पनि पाँच तारे स्तरका होटल सञ्चालनमा छन् ।

यसबाहेक केबल कार, मनोरञ्जन पार्क, रोमाञ्चकारी खेल(प्याराग्लाइडिङ, बञ्जी जम्प, हट एयर बलुन, जीपलाइन), वाटर पार्क लगायतका पूर्वाधारमा पनि लगानी थपिंदै गएको छ। साथै हवाई पर्यटनका लागि वायू सेवा कम्पनीले पनि जहाज थप्ने क्रम जारी नै छ।

सरकारले २०२३ देखि २०३३ सम्मका लागि भ्रमण दशक घोषणा गरेको छ। सन् २०२५ लाई विशेष भ्रमण वर्ष घोषणा गरेको छ । भ्रमण दशक र भ्रमण वर्ष सफल बनाउनका लागि सरकारले पूर्वाधार विकासमा पर्याप्त लगानी गरेको छैन । मुख्य राजमार्गको दुरावस्था छ। वायू सेवाको सुरक्षामा खेलाँची भइ रहँदा पनि सरकारले सुधार र सुरक्षाको प्रत्याभूती दिलाउन सकेको छैन ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS