काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडको पुस ३ गते दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८०/०८१ सम्मको संचित मुनाफाबाट आफ्नो चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
स्थापनाकाल देखिनै लाभांश वितरण गर्न सफल यस कम्पनी आठ ठूला संस्था (सार्वजनिक संस्था, बैंक तथा वित्तिय संस्था र एन.आर.एन.द्घारा प्रवद्र्घित तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल फर्म हो । यसले “नेशनल इक्वीटी फण्ड १” नामक प्राइभेट इक्विटी फण्ड संचालन गर्दै आएको छ ।