काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३१ दशलमव ४३ अंकले घटेर २,५९६ को विन्दुमा कायम भएको छ । आज २९ कम्पनीको मूल्य बढेको छ भने २११ कम्पनीको मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७ दशलमव ९६ प्रतिशतका दरले कमाएका छन् । भूगोल इनर्जीका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका हुन् ।