IME Life New
GBIME

गार्डियन माइक्रो लाइफको आइपीओमा कति पर्यो आवेदन ?

SPIL
NLIC

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले निष्काशन गरेको आइपीओमा ४७ हजार बढीले आवेदन दिएका छन् । सीडीएसको अन्तिम तथ्याङक अनुसार आइपीओमा ४७ हजार ६६३ जना आवेदकले २५ करोड ८४ लाख ५३ हजार रुपैयाँ बराबर २५ लाख ८४ हजार ५३० कित्ताको लागि आवेदन दिएका हुन् ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकका लागि आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले चुक्तापुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँको आइपीओ ल्याउने अनुमति पाएको थियो । आइपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी ७५ करोड रुपैयाँ पुग्नेछ।

Crest

पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीलाई अनुमति पाएको २२ करोड ५० लाख रुपैयाँको १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँको आइपीओ बिक्री गरेको हो । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २ लाख २५ हजार कित्ता बिक्री खुला गरेको हो ।

वैदेशिक रोजगारमा रहेका नेपाली आइपीओ बिक्री गरेपछि दोस्रो चरणमा ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता आफ्ना कर्मचारीलाई, ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई र बाँकी १८ लाख ४५ हजार कित्ता सर्वसाधारणलाई बिक्री खुला गर्नेछ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS