काठमाडौं । बुधबार नेप्से परिसूचक २६२८.२६ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक ५.६० अंकले घटेको छ। ४ अर्ब २७ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ । ब्रोकर नम्बर ५८ बाट ५६ करोड ८५ लाखको कारोबार भएको छ जसमा ३० करोड ८१ लाखको खरीद छ भने २६ करोड ४ लाखको विक्री छ ।
त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ६२ बाट २० करोड ४८ लाखको खरीद छ भने १४ करोड ९९ लाखको विक्री छ । आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये ३ ब्रोकरले खरिद धेरै गरेका छन् भने २ले विक्री धेरै गरेका छन्।