काठमाडौं । आज पनि शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ५ दशलमव ६० अंकले घटेर २,६२८ को विन्दुमा कायम भएको छ । आज ८१ कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ कम्पनीको मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । मानुषि लघुवित्तका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् । सिक्लेस हाइड्रोका लगानीकर्ताले पनि ८ प्रतिशतका दरले कमाएका छन् ।