काठमाडौं । शेयर बजार बुधबार सामान्य अंकले घटेको छ। नेप्से परिसूचक ५.६० अंकले घटेर २६२८.२६ को विन्दुमा बन्द भएको हो।
आज नेप्से उपसमूहमा रहेका ३ वटा समूह बढेका छन् भने १० वटा घटेका छन्। यो दिन वित्त समूह सर्वाधिक १.०७ प्रतिशतले बढेको छ भने होटेल तथा पर्यटन समूह सर्वाधिक ०.४२ प्रतिशतले घटेको छ।
यो दिन ८१ कम्पनीको शेयरभाउ बढ्दा १४९ वटाको घटेको छ। आज १२ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज सवा ४ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार जानकी फाइनान्सको भएको छ।
आज उच्च कारोबार भएका १० कम्पनी
- जानकी फाइनान्सः १५ करोड ५९ लाख रुपैयाँ
- रिभर फल्स पावरः १२ करोड ६ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः ११ करोड ६० लाख रुपैयाँ
- नेपाल फाइनान्सः १० करोड ७५ लाख रुपैयाँ
- सिक्लेस हाइड्रोपावरः ८ करोड ९ लाख रुपैयाँ
- नारायणी डेभलपमेन्ट बैंकः ७ करोड ९७ लाख रुपैयाँ
- फर्स्ट माइक्रोफाइनान्सः ७ करोड २८ लाख रुपैयाँ
- बेस्ट फाइनान्सः ६ करोड ४६ लाख रुपैयाँ
- सप्तकोशी डेभलपमेन्ट बैंकः ६ करोड १७ लाख रुपैयाँ
- उपकार लघुवित्तः ६ करोड ११ लाख रुपैयाँ