काठमाडौं । सोमबार नेप्से परिसूचक २६३०.९१ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक ५१.३७ अंकले घटेको छ।
५ अर्ब ९३ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ । ब्रोकर नम्बर ५८ बाट ९७ करोड १ लाखको कारोबार भएको छ जसमा ५० करोड ११ लाखको खरीद छ भने ४६ करोड ९० लाखको विक्री छ ।
त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४५ बाट २२ करोड ६२ लाखको खरीद छ भने १९ करोड ६२ लाखको विक्री छ ।
आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये २ ब्रोकरले खरिद धेरै गरेका छन् भने ३ले विक्री धेरै गरेका छन्।