काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ब्यतित बीमालेख पुनर्जागरण गर्दा छुट पाउने आज अन्तिम दिन रहेको छ । कम्पनीले मंसिर १६ गतेबाट नवीकरण नभएका बीमालेखका लागि शतप्रतिशत विलम्ब शुल्क छुट सहितको पुनर्जागरण अभियान शुरु गरेको थियो । उक्त पुनर्जागरण अभियान आज मंसिर २८ गते सम्म लागू हुनेछ ।
पुनर्जागरण अभियान अन्तर्गत बिमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुबिधा प्रदान गरिने कम्पनीले जनाएको छ । कुनैपनि बीमालेख ब्यतीत रहँदा बीमितले रक्षावरण गुमाउनुका साथै विलम्ब शुल्क पनि ब्यहोर्न पर्ने हुनाले यो सुनौलो मौकाको फाईदा लिई बिमालेख नवीकरण गर्न कम्पनीले अनुरोध गरेको छ ।
हरेक नेपालीलाई बीमाको दायरा भित्र ल्याई बीमित र बीमितसँग आश्रित परिवारको आर्थिक सुरक्षाको लागि जीवन बीमा अनिवार्य रहेको छ ।