काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३३ दशमलव ४२ अंकले घटेर २,६८२ को विन्दुमा कायम भएको छ । आज ४० कम्पनीको मूल्य बढेको छ २०४ कम्पनीको मूल्य घटेको छ ।
आज दिनभरिमा ३०४ कम्पनीको १ करोड २३ लाख ७१ हजार ३१८ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १४ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै जानकी फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २६ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सर्वोत्तम सिमेन्टको २१ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जोशी हाइड्रोपावरको १५ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै त्रिशुली जलविद्युतका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशमलव ५५ प्रतिशतका दरले कमाएका हुन् । नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७ दशमलव ५४ प्रतिशतका दरले कमाएका हुन् । राबीबी म्युचुअल फन्ड २ का इकाइधनीले ७ दशमलव २४ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै जानकी फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले गुमाएका हुन् ।