काठमाडौं । नेपाली बजारमा बिहीबार सुन–चाँदीको भाउ स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुन १ लाख ५४ हजार २०० रुपैयाँ कायम भएको छ। हिजो तोलामा २ हजार रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ५४ हजार २०० रुपैयाँमै कारोबार भएको थियो।
यसैगरी आज चाँदी तोलाको १ हजार ९२५ रुपैयाँ कायम भएको छ। हिजो पनि चाँदी तोलाको १ हजार ९२५ रुपैयाँमै कारोबार भएको थियो। हिजो पनि चाँदीको भाउ स्थिर रहेको थियो।