IME Life
GBIME

स्वास्थ्य बीमा कम्पनीको सिइओको हत्यालाई लिएर अमेरिकी विभाजित

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । अमेरिकी स्वास्थ्य बीमा कम्पनी युनाइटेड हेल्थकेयरका प्रमुख कार्यकारी अधिकृत ब्रायन थम्पसनको हत्यालाई लिएर अमेरिकी नागरिकबीच मतभेद देखिएको छ। अमेरिकामा ठूलो संख्यामा स्वास्थ्य बीमा गर्दै आएको युनाइटेड हेल्थकेयरले बीमा दाबी अस्वीकृत गरेका असंख्य घटनाबाट पीडितहरूले उनको हत्यालाई उचित भनेका छन्।

ल एण्ड क्राइम नेटवर्कका अनुसार थम्पसनको हत्याको आरोपमा पक्राउ परेका २६ वर्षिय यूवकलाई पीडित बीमितहरूले नायकको संज्ञा दिएका छन् । थम्पसनको हत्याको घटनालाइ लिएर सर्वसाधारणले दिएको प्रतिकृया प्रति लक्षित गर्दै न्यूयोर्क पुलिस डिपार्टमेण्टका अधिकारीले भने, कुनै अँध्यारो कुनामा बसेकाहरूले उनलाई नायक भन्दैछन्, तर नायक उनी होइनन् , नायक त्यो व्यक्ति हो जसले म्याकडोनाल्डबाट प्रहरी सञ्चार केन्द्रमा हत्याराबारे जानकारी दियो।

Crest

प्रहरीले हत्याका आरोपित पक्राउ गर्नका लागि उनले हत्याको घटनापछि भाग्न प्रयोग गरेको भाडाको ट्याक्सीमा जडान गरिएको सिसिटिभीबाट प्राप्त अनुहारको तल्लो भाग मास्कले छोपिएको तस्वीर सार्वजनिक गरेको थियो ।  मिडटाउन म्यानहट्टनमा ४ डिसेम्बरमा हिल्टन होटल नजिकै बिहान करिब ७ बजे सडकमा हिंड्दै गरेको अवस्थामा थप्सनको हत्या गरिएको थियो। हत्याको ५ दिनपछि ९ डिसेम्बरमा प्रहरीले सर्वसाधारणले दिएको सूचनाका आधारमा म्यानहट्टनबाट २ सय माइल टाढा पेनिन्सिल्भियाबाट ती यूवकलाई नियन्त्रणमा लिएको थियो।

पीडित बीमित मध्ये दुईजनाले एक वर्ष अघि स्थानीय अदालतमा दायर गरेको मुद्दामा युनाइटेड हेल्थ इन्स्योरेन्सले जायज बीमा दाबी  समेत अस्वीकार गर्नका लागि कृत्रिम बुद्धिमता(एआई ) को प्रयोग गरेको दाबी गरिएको थियो । थम्पसनको हत्या हुनुभन्दा एक वर्ष अघि नै उनले नेतृत्व गरेको बीमा कम्पनी विरुद्ध दायर गरिएको मुद्दामा पीडित बीमितले अधिकांश दाबी अस्वीकार गर्ने नियतले कम्पनीले स्वचालित दाबी प्रणालीमा अल्गोरिदमको प्रयोग गरेको उल्लेख गरेका छन् ।

गत नोभेम्बरमा, दुई बीमितले मिनेसोटामा दायर गरेको मुद्दामा बीमकले उनीहरूको चिकित्सकले अनुमोदन गरेको वृद्ध बिरामीलाई दाबी अस्वीकार गर्न र अधिक बीमाशुल्क लगाउन गर्न एआई एल्गोरिदम प्रयोग गरेको आरोप लगाएका छन्।

निक्कै विवादित रहेको एल्गोरिदम, एनएच प्रिडिक्ट भनेर चिनिन्छ। यो अल्गोरिदमको त्रुटी दर ९० प्रतिशत रहेको पीडितको गुनासो छ। र यस्तो त्रुटीबारे बीमा कम्पनीलाई जानकारी रहेको भन्ने समेत पीडित पक्षको दाबी छ। युनाइटेड हेल्थकेयर, अमेरिकाको सबैभन्दा ठूलो स्वास्थ्य बीमा सेवा प्रदायक कम्पनी हो।

बीमितबिच बीमा कम्पनीविरूद्धको बढ्दो आक्रोशका कारण असन्तुष्ट बीमितमध्ये कसैले प्रमुख कार्यकारी अधिकृत थम्पसनको हत्या गरिदिएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। अनुसन्धानकर्मीका अनुसार थम्पसनलाई गोली हानेको व्यक्तिको नियतबारे खुलेको छैन, तर उनलाई गोली हान्न प्रयोग गरिएको गोलीको खोकामा “अस्वीकार,” “रक्षा,” र “डिपोज” शब्दहरू लेखिएका थिए। पीडित बीमितहरूले प्रमुख कार्यकारी अधिकृत थम्पसनको हत्यामा संलग्न यूवकलाई नायकका रूपमा प्रशंसा गरिरहेका छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS