IME Life
GBIME

नौ एयरब्यागको सेफ्टी र आकर्षक फिचर, टोयोटाले ल्यायो नयाँ क्यामरी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं। जापानी कार निर्माता कम्पनी टोयोटाले आफ्नो प्रसिद्ध लक्जरी सेडान कार टोयोटा क्यामरीको नयाँ नवौँ जेनरेसन मोडल आज आधिकारिक रुपमा भारतीय बजारमा बिक्रीका लागि सार्वजनिक गरेको छ। कम्पनीले नयाँ टोयोटा क्यामरी भारु ४८ लाख (एक्स–शोरुम) को प्रारम्भिक मूल्यमा बजारमा ल्याएको हो।

करिब १ वर्षअघि विश्व बजारमा ल्याएको यो कार अहिले भारतीय बजारमा पुगेको छ। कम्पनीले यस कारमा पछिल्लो पुस्ताको हाइब्रिड प्रविधि प्रयोग गरेको छ। टोयोटा क्यामरीको अघिल्लो पुस्ताको मोडलको तुलनामा नयाँ कार करिब भारु १.८३ लाख महँगो छ। अघिल्लो मोडलको प्रारम्भिक मूल्य भारु ४६.१७ लाख रुपैयाँ थियो। बजारमा यो कारले स्कोडा सुपरबजस्ता कारसँग प्रतिस्पर्धा गर्नेछ। जसको मूल्य भारु ५४ लाखदेखि सुरु हुन्छ।

Crest

लक्जरी सेडान सेग्मेन्टमा यो कार लुक–डिजाइन र आरामदायी सवारी र एड्भान्स फिचरहरुका लागि विश्वभर प्रसिद्ध छ। टोयोटा क्यामरी टीएनजीए–के प्लेटफर्ममा निर्मित छ। जसले गुरुत्वाकर्षण केन्द्र र सिट पोजिसन घटाएर आरामदायी सवारी प्रदान गर्ने भनिएको छ।

कम्पनीले यो कारको लुक र डिजाइनलाई निकै रिफ्रेस गरेको छ। अगाडिको छेउमा टोयोटाको ‘ह्यामरहेड’ स्टाइल, सार्प नोज, स्लिम एलईडी हेडल्याम्प र यू–आकारको डेटाइम रनिङ लाइट छन्। पातलो ग्रिलले हेडलाइटहरुमा सहज रुपमा जडान गर्दछ। ‘टी’ लोगो अघिल्लो मोडेलको तुलनामा थोरै माथि सारिएको छ। साइड प्रोफाइलका बारेमा कुरा गर्दा बोल्ड नयाँ क्यारेक्टर लाइन, नयाँ डिजाइन गरिएको १८ इन्चको अलोय र नयाँ ‘सी’ आकारको एलईडी टेल ल्याम्पले डिजाइन हाइलाइट पूरा गर्दछ।

एक्सटेरियरजस्तै कम्पनीले यस कारको इन्टेरियरलाई पनि निकै लक्जरी र शानदार बनाएको छ। यसमा पूर्ण रुपमा नयाँ ड्यासबोर्ड दिइएको छ। जसमा इन्फोटेनमेन्टका लागि ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र १२.३ इन्चको टचस्क्रिन उपलब्ध गराइएको छ। जसले वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी प्रदान गर्दछ। यसमा नौ स्पिकर भएको जीबीएल साउन्ड सिस्टम, १० इन्चको हेड–अप डिस्प्ले र डिजिटल की फंक्सनलिटी पनि दिइएको छ।

कारको पछाडि बस्ने यात्रुको आरामलाई पनि पूर्ण ध्यान दिइएको छ। पछाडिका सिटहरुमा रिक्लाइनिङ र भेन्टिलेसन फंक्सन र पछाडिको केन्द्र कन्सोलमा कन्ट्रोल सिस्टम छ। थप आरामका लागि कम्पनीले हिटेड (तातो पार्ने) र भेन्टिलेटेड फ्रन्ट सिटहरु पनि उपलब्ध गराएको छ। यसबाहेक डुअल जोन क्लाइमेट कन्ट्रोल, प्यानोरामिक सनरुफले यो कारलाई अझ शानदार बनाएको छ।

टोयोटाले यो कारको इन्जिन मेकानिजममा कुनै ठूलो परिवर्तन गरेको छैन। नयाँ क्यामरीमा २.५ लिटर पेट्रोल छ। जसलाई कम्पनीले फिफ्थ जेनेरेसन हाइब्रिड सिस्टम (टीएचएस–५) ले सुसज्जित गरेको छ। तर, यस इन्जिनको पावर आउटपुट झन्डै ४ प्रतिशतले बढेको कम्पनीले जनाएको छ। यो इन्जिनले २३०एचपीको पावर उत्पादन गर्छ। यसबाहेक कारको माइलेजमा पनि करिब ३० प्रतिशतले सुधार भएको कम्पनीको दाबी छ। तर, कम्पनीले भने कुनै तथ्यांक सार्वजनिक गरेको छैन। यो इन्जिन ई–सीभीटी गियरबक्ससँग मिलाइएको छ।

टोयोटा क्यामरीका सेफ्टी फिचरहरुमा प्रि–क्लिजन सिस्टम, पैदलयात्री पत्ता लगाउने, राडारमा आधारित क्रुज कन्ट्रोलर, लेन ट्रेसिङ असिस्ट र रोड साइन असिस्ट समावेश छन्। विशेष कुरा के छ भने यो कार ९ एयरब्यागले सुसज्जित छ। जसले कुनै पनि आपतकालीन अवस्थामा कारमा बस्ने यात्रुलाई पूर्ण सुरक्षा प्रदान गर्न मद्दत गर्दछ।

यसका अलावा कारमा पार्किङ सेन्सर र ३६० डिग्री क्यामेरा पनि दिइएको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS