काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ।
संस्थाको सञ्चालक समितिको मंगलबार बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी १९ करोड ६० लाख २ हजार ७५५.५६ रुपैयाँको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। सञ्चालक समितिको प्रस्तावबमोजिम १४.२५ प्रतिशतले हुन आउने २ करोड ७९ लाख ३० हजार ३९२.६७ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनर्थ ०.७५ प्रतिशतले हुन आउने १४ लाख ७० हजार २०.६७ रुपैयाँबराबरको नगद लाभांश छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।