काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ २ हजार १०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एकैपटक २ हजार १०० रुपैयाँले बढेको हो। योसँगै छापावाल सुन प्रतितोला १ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको हो।
हिजो पनि सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ५० हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा ६० रुपैयाँले बढेर १ हजार ९२५ रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार ८६५ रुपैयाँमा किनबेच भएको थियो।