IME Life
GBIME

सम्पत्ति शुद्धीकरणमा कडाइले बीमा क्षेत्र सुस्ताएको छैनः सविता थापा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल बीमा प्राधिकरणकी सहायक निर्देशक हुन्, सविता थापा। उनी एएमएल/सीएफटी फोकल पर्सन पनि हुन्। उनै सहायक निर्देशक थापासँग बीमा क्षेत्रमा सम्पत्ति शुद्धीकरणको रोकथाम गर्न नियामकले चालेको कदम र हालको अवस्थाका विषयमा इन्स्योरेन्स टकमा गरिएको कुराकानीको सारसंक्षेपः

नेपालको बीमा क्षेत्रमा सम्पत्ति शुद्धीकरण कहाँबाट आरम्भ हुन्छ र कसरी ट्रयाकिङ हुन्छ ?

Crest

गैरकानुनी कार्यबाट आर्जन गरेको सम्पत्तिलाई वैध बनाउने तरिकालाई सम्पत्ति शुद्धीकरण भनिन्छ । सम्पत्ति शुद्धीकरण आयसँग सम्बन्धित हुन्छ । कानुनले निश्चित गरेको काम गरेर कमाएको सम्पत्तिलाई बैध बनाउने काम सम्पत्ति शुद्धीकरण हो । यसलाई रोक्नका लागि बीमा क्षेत्रमा हामीले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन बनाएका छौँ । सम्पत्ति शुद्धीकरण निर्देशिका र बीमा ऐनमार्फत यसलाई रोक्ने प्रयास गरेका छौँ। यस्तै बीमक आफैँले पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी निर्देशिका जारी गर्नुपर्ने हुन्छ।

बीमाको पोलिसी बिक्री गर्ने चरणमा पुगेपछि तपाइँहरुको सिस्टममा यो प्रवेश गर्छ । जीवन वा निर्जीवन बीमा तर्फ कुन चरणमा पुगेपछि अब हामी हेर्नुपर्छ यसलाई भनेर ट्रयाकिङ गर्नुहुन्छ ?

हाम्रोमा अफसाइट अनसाइट इनपेक्सन हुन्छ। सम्पत्ति शुद्धीकरण रोक्नका लागि हामीले के–के काम गर्ने भन्ने विधिसमेत छ। त्यसका आधारमा हामीले स्थलगत निरीक्षण गर्छौं । सुरुमा प्रस्ताव फारम पोलिसी लगायतका फाइलहरु हामीले हेर्छौं । त्यसमा उहाँले केमार्फत आयआर्जन गर्नुभएको छ, त्यो हेर्छौं । सम्पत्ति शुद्धीकरण नितान्त आयसँग सम्बन्धित हुन्छ। प्रस्ताव फारममा उहाँले खुलाएका स्रोत पुष्टिका लागि कागजातहरु हेर्छौं ।

उदाहरणका लागि कुनै एक विमितले प्रस्तावमा आफ्नो आय जागिर हो भन्नुभएको छ भने त्यो पुष्टि हुने कागजातहरु के–के उहाँले पसश गर्नुभएको छ भनेर हामीले हेर्छौं। उहाँ कुन कार्यालयमा काम गर्नुहुन्छ ? उहाँको आर्जन कस्तो छ हेर्छौं । त्यो आयआर्जन गरेबापत कति कर तिर्नुभएको छ समेत हामी हेर्छौं । त्यो म्याच छ कि छैन भनेर हेरिसकेपछि हामीले अरु अध्ययनहरु गर्छौं। यसबाहेक गैर स्थलगत अध्ययन पनि गर्छौं । उहाँहरुले सम्पत्ति शुद्धीकरणसम्बन्धी त्रैमासिक प्रतिवेदन बुझाउनुहुन्छ । त्यसलाई पनि हामी हेर्छौं ।

त्यो पोलिसी दाबी भुक्तानीमा फ्रड जोडिँदासम्म हेरिरहनुपर्ने रहेछ है ?

यो हाम्रो नियमित काम हो। तर, कसैले हामीलाई सूचना दिनुभयो शंकास्पद देखियो भनेर भने पनि हामी आकस्मिक निरीक्षण गर्ने अध्ययनहरु गर्ने गर्छौं।

एउटा नागरिकले १० लाख रुपैयाँ तिरिहाल्छु र पोलिसी खरिद गरिहाल्छु भनेर भन्छ भने कसरी थाहा पाउने कि यो सम्पत्ति शुद्धीकरणमा छ कि छैन ?

कुनै व्यक्तिले कुनै कम्पनीमा गएर मलाई १० लाख रुपैयाँबराबरको पोलिसी चाहियो म अहिले नै त्यो भुक्तानी गर्छु। पोलिसी लिन्छु भनेर भन्छ भने सुरुमा यो आएमा आधारित हुन्छ। त्यसकारण कहाँबाट आएको हो कसरी आएको हो यसको स्रोत के हो भन्नेबारे हामीले हेर्छौं।अन्डरराइटरले यो सबैभन्दा पहिला यो कुरा हेर्छन्। त्यसपछि आए हो भने त्योबराबरको डकुमेन्ट कागजात भेरिफाई गर्नुपर्छ कर चुक्ताको प्रमाणपत्रहरु हेर्नुपर्छ । फेरि यहाँ नगदको कुरा आयो । सम्पत्ति शुद्धीकरण निर्देशिकाले १ लाख रुपैयाँभन्दा बढी नगद नलिने भनेको छ, जुन निर्देशन जारी गरिएको छ । त्यसकारण बीमकहरुले पनि नगद लिनुहुन्न । हाम्रो क्षेत्र कम जोखिम किन पनि भन्दा बैंकिङ च्यानलबाट रकम आउँछ त्यो रकमको स्रोतहरु बैंकले पहिले नै सुनिश्चित गरिसकेको हुन्छ।

तर, ४० प्रतिशत अनौपचारिक अर्थतन्त्र छ भनेर मानिएको मुलुकमा कुनै नागरिकले धान चामल बेचेर जम्मा गरेको १० लाख रुपैयाँको बीमा पोलिसी खरिद गर्छु भन्न नपाउनु या मैले खसी बाख्रा बेचेर जम्मा पारेको १० लाख रुपैयाँको बीमा पोलिसी खरिद गर्छुभन्दा यी सबै चिज लगाएर रोक्दा एक त रोकिन्छ कि रोकिँदैन भन्ने प्रश्न रह्यो। अर्को यसरी गर्ने कि नगर्ने भन्ने पनि प्रश्न होला नि ?

पछिल्लो समयमा यस सम्बन्धित निर्देशिकाले नगद लिन रोकेको अवस्था र निर्देशिकाले बढी आयस्रोत र कागजातमा ध्यान दिनुपर्ने विषयमा कृषि र मध्यम वर्गका लागि स्रोत देखाउन गाह्रो भइरहेको छ। तर, त्यसका लागि स्थानीय तहले कृषिबाट त्यो व्यक्तिले यति आय गरेको छ यति आए हुन्छ भनेर सिफारिस दिने गरेका छन् । यसो हुँदा समस्या हुँदैन । न्यून आए वा मध्यम आय भएका नागरिकलाई उहाँको क्षमताअनुसार बीमा गराउन हामीले रोकेका छैनौँ।

यसमा केही केही हदसम्म आपराधिक घटनाक्रम पनि देखिँदो रहेछ, यसलाई कसरी ट्रयाकिङ गर्नुहुन्छ ?

यो सरकारवादी फौजदारी मुद्दा भयो। किनभने यहाँ आपराधिक घटना भएको छ । बीमा पोलिसी जारी गर्दै गर्दा अन्डरराइटरले बीमकको आययोग्य छ कि छैन उहाँले पोलिसी खरिद गर्न सक्नुहुन्छ कि सक्नुहुन्न भन्ने कुरा कमी भएको हो कि भन्ने देखिन्छ । अपराधी घटनाक्रममा मृत्यु भएपछि यो सरकारवादी मुद्दा भयो। त्यसपछि यसका लागि पुलिस प्रशासन अगाडि सर्ने र बाँकी अनुसन्धान गर्ने गर्छन् । त्यसबाहेक हाम्रो जानकारीमा आइसकेपश्चात हामीले पनि यसलाई गम्भीरताका साथ हेर्छौं। यस्तो अवस्थामा बीमा ऐनमार्फत हामीले नियमकीय कारबाही गर्छौं।

जीवन तथा निर्जीवन बीमा सम्पत्ति शुद्धीकरणको जोखिमको स्तर कुन अवस्थामा छ ? कुनतर्फ बढी देखिन्छ ?

जीवन बीमा पोलिसीहरुलाई हामीले अलि बढी जोखिमको रुपमा हेर्छौँ। किनभने यहाँ ठूल्ठूला रकमको पोलिसी बिक्री भइरहेको हुन्छ। जुन लामो समयका लागि पनि हुन्छ। निर्जीवनतर्फ ट्रम हुन्छ थोरै–थोरै समयका लागि थोरै–थोरै रकमको बीमा हुन्छ। अनि पैसा फिर्ता पनि हुँदैन तर जीवनमा पैसा फिर्ता पनि हुन्छ । निर्जीवनतर्फ जोखिम कम मानेर हामीले जीवनतर्फ बढी फोकस गरिरहेका हुन्छौं। बीमातर्फ सिंगल प्रिमियम अझ बढी जोखिमपूर्ण छ किनभने यो एकचोटि भुक्तानी गर्ने र ३ वर्षपछि सरेन्डर गर्ने वा लोनका रुपमा लान सक्ने भएकाले हामीले सिंगल प्रिमियमलाई अलि बढी जोखिम मानेका हौँ । हामीले नीतिगत रुपमा सिंगल प्रिमियममा कडाइ गरेपछि यस्तो प्रिमियम लिने पनि घटिरहेका छन् ।

भनेपछि सिंगल प्रिमियमले विगतमा जोखिम निम्त्याएको थियो ?

त्यसमा जोखिम देखियो, त्यसकारण त्यसलाई रोक्नका लागि हामीले नीतिगत कडाइ गर्यौं ।

अहिले निरुत्साहनको क्रममा हो त सिंगल प्रिमियम ?

निरुत्साहन पनि होइन। कम भएको मात्र हो।

निर्जीवनतर्फ हेर्ने हो भने पुरानो–पुरानो गाडी किन्ने बीमा गराउने अनि खोलामा लगेर डुबाउने काम भइरहेको सुनिन्छ। यहाँ चाहिँ सम्पत्ति शुद्धीकरण जोडिन्छ कि जोडिँदैन ?

निर्जीवनमा पैसा फिर्ता लैजाने जोखिम चाहिँ कम हुने भयो। तर, ठगीजन्य गतिविधिहरुलाई हामीले हेर्नुपर्ने हुन्छ। यहाँ के भयो भन्दा गाडी किन्यो जलाइदियो वा खोलामा डुबाइदियो भने यसमा ठगी देखिन्छ । त्यहाँ कानुन विपरीत काम भएको देखिन्छ र सम्भावित जोखिममध्ये औँल्याएका भन्दा बाहिरी देखिन्छ ।

एएमएल/सीएफटीमा संसारभर अलि बढी चर्चामा रहेको कुरा आतंकवाद, लागूऔषध र मानव तस्करीबाटसँग जोडिएर आयआर्जन गरेका बाहेकका पैसालाई किन अस्वीकार गर्नु र भने पनि छ । तपाइँहरु भने सम्भावित जोखिमहरु भनेर अर्को छुट्टाइरहनुभएको छ। यसमा केही कन्फ्युजन भएको हो ?

हाम्रा कानुनले निस्तेज गरेका निषेध गरेका कामहरुलाई हामीले जोखिमयुक्त काम भनेर भनेका छौँ, जुन ३२ वटा रहेको छ। नयाँ ऐन आएपछि थपिन्छन् पनि ती निषेध गरिएका कामबाट आर्जन गरिएका सम्पत्तिलाई गैरकानुनी सम्पत्ति भनेर भन्छौँ र सम्पत्ति शुद्धीकरणबाट सो सम्पत्ति वैध हुन्छ भनेर भनिएको छ।

झट्ट हेर्दा सम्पत्ति शुद्धीकरणमा अलि कडाइँ गरिँदैछ, जसले बीमा बजारलाई अलि सुस्त बनाउने रहेछ है ?

यसले बीमा क्षेत्र सुस्तता आएको छैन । विगतको तुलनामा जनचेतना अभिवृद्धि भएको छ । सचेत बनाएको छ ।

यो सम्पत्ति शुद्धीकरणमा लगानीकर्तालाई चाहिँ ट्रयाकिङ गर्ने भन्ने हुँदैन ?

सम्पत्ति शुद्धीकरणका लागि हामीले लगानीको वास्तविक धनी को हो त भनेर हेर्ने मेकानिजम बनाएका छौँ। वास्तविक धनीसम्म कसरी पुग्ने भनेर बीमक आफैँले फिट एन्ड प्रपर टेस्ट गर्नुपर्ने हुन्छ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS