IME Life
GBIME

पोलिसी सरेन्डरः ४ महिनामा जीवन बीमा क्षेत्रबाट बाहिरियो करिब ५ अर्ब, कुन बीमकको कति ?

SPIL
काल्पनिक तस्वीर
NLIC

काठमाडौं । आर्थिक वर्ष २०८१/ ८२ को कात्तिक महिनासम्ममा जीवन बीमा कम्पनीहरुको ३५ हजार बढी बीमालेख सरेन्डर भएको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार कात्तिक महिनासम्ममा ३५ हजार ९८५ वटा बीमालेख समर्पणवापत कुल ४ अर्ब ८२ करोड ९७ लाख रुपैयाँ बीमा कोषबाट बाहिरिएको हो ।

प्राप्त तथ्याङक अनुसार संचालनमा रहेका जीवन बीमा कम्पनीहरुमध्ये समिक्षा अवधिमा एलआइसी नेपालको सरेन्डर सर्वाधिक देखिएको छ । बीमा पोलिसी सरेन्डर हुनु बीमा क्षेत्रको लागि नकारात्मक सूचक हो । पछिल्लो समय बीमा क्षेत्रमा अस्वस्थ प्रतिष्पर्धा, फोर्सफुल्ली बीमा पोलिसी खरिद, प्रलोभन लगायत गतिविधीका कारण बीमा पोलिसी सरेण्डरको दर बढ्दै आएको छ । एलआइसी नेपालको १० हजार ४८ वटा पोलिसी बराबर १ अर्ब ५७ करोड ६६ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको हो । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको ३२ दशमलव ६४ प्रतिशत हिस्सा हो ।

Crest

त्यस्तै, नेपाल लाइफको ८ हजार ४०८ वटा बीमा पोलिसी वापत १ अर्ब ३७ करोड ४० लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको २८ दशमलव ४५ प्रतिशत हिस्सा रहेको छ ।
राष्ट्रिय जीवन बीमा कम्पनीको ३ हजार ८७५ वटा बीमा पोलिसी वापत ३७ करोड ४१ लाख रुपैयाँ बराबरको पोलिसी समर्पण भएको हो । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको ७ दशमलव ७५ प्रतिशत हिस्सा हो । नेशनल लाइफको १९ सय ७९ वटा पोलिसी वापत २९ करोड ३१ लाख रुपैयाँको पोलिसी समर्पण भएको छ । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमकोे ६ दशमलव ०७ प्रतिशत हिस्सा हो । एशियन लाइफको २६ सय २३ वटा बीमा पोलिसी वापत २७ करोड ९६ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको ५ दशमलव ७९ प्रतिशत हिस्सा छ ।

सूर्यज्योति लाइफको १९ सय १० वटा पोलिसी वापत २३ करोड ११ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको छ । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको ४ दशमलव ७९ प्रतिशत हिस्सा छ । हिमालयन लाइफको २ हजार ४९८ वटा बीमा पोलिसी वापत २२ करोड ७४ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको ४ दशमलव ७१ प्रतिशत हिस्सा छ । मेट लाइफको १२ सय ४५ वटा बीमा पोलिसी वापत १३ करोड ५३ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । सानिमा रिलायन्स लाइफको ६६३ वटा पोलिसी वापत ९ करोड ३१ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको हो ।

आइएमई लाइफको ५८७ वटा बीमा पोलिसी वापत ६ करोड ५४ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो । सिटिजन लाइफको ९०३ वटा बीमा पोलिसी वापत ६ करोड ५२ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो ।प्रभु महालक्ष्मी लाइफको ४३२ वटा बीमा पोलिसी वापत ५ करोड ४९ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको हो । रिलायबल नेपाल लाइफको ५८२ वटा बीमा पोलिसी वापत ३ करोड ६३ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो । सन नेपाल लाइफको २३२ वटा बीमा पोलिसी वापत २ करोड २९ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

60%

दु :खी

20%

अचम्मित

0%

उत्साहित

20%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS