IME Life
GBIME

चिनियाँ अटोमोबाइल ब्रान्ड एक्सपेंग अब पोखरामा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाली विद्युतीय सवारी साधनको वितरक सीजी मोटर्सले चिनियाँ अटोमोबाइल ब्रान्ड एक्सपेंगको पोखरामा भव्य रुपमा लञ्च गरेको छ । सीजी मोटर्सले अटोवेज प्रालिलाई पोखरा क्षेत्रका लागि आधिकारिक डिलरको रूपमा औपचारिक रूपमा घोषणा गरेको छ ।

यो लञ्चले नेपालमा एक्सपेंगको उपस्थिती थप विस्तार गरेको छ । जसले स्थानीय ग्राहकलाई अत्याधुनिक, वातावरणमैत्री सवारीसाधन र भरपर्दो सेवा प्रदान गरिरहेको छ । अटोवेजका अध्यक्ष नारायणप्रसाद पौडेलले मिडियालाई एक्स्पेङ ब्रान्डको बारेमा जानकारी दिएका छन् । सीजी मोटर्सका सीईओ/निर्देशक हेमन्त अग्रवालले सीजी मोटर्सका उपलब्धि र अटोवेजसँगको सहकार्यको चर्चा गर्नुका साथै भविष्यका योजनाहरू प्रस्तुत गरेका छन् ।

Crest

उद्घाटनका क्रममा अटोवेज प्रालिले पहिलो चरणका ग्राहकलाई ५ वटा जी६ एसयुभी पनि हस्तान्तरण गरेको छ । यस लञ्च कार्यक्रममा एक्सपेंगको नयाँ जी६ मोडल प्रस्तुत गरिएको छ । जसले स्मार्ट प्रविधि र दिगो डिजाइनमा जोड दिएको छ । जी६ ले विश्वकै उच्च सुरक्षा परीक्षण E–NCAP मा ५– स्टार रेटिङ प्राप्त गरेको छ । यसले स्वचालित ड्राइभिङ प्रविधि, SEPA 2.0 संरचना, नियमित ओटिए अपडेटहरू, एक्सओएस अपरेटिङ सिस्टम र ८०० भी सुपर–फास्ट चार्जिङ सुविधा प्रदान गर्दछ ।

जी६ को मोटर पावर १९० किलोवाट र टर्क ४४० एनएम छ, जसले 66kWh ब्याट्री प्याकसहित ४३५ किलोमिटरको रेन्ज दिन्छ । यसका थप विशेषतामा अगाडिको र पछाडिको एक्सलमा ५०एम५० तौल वितरण, समग्र स्पोर्टी प्रदर्शनका लागि एल्युमिनियम डाइ–कास्ट बडी र ९–आयामीय ब्याट्री सुरक्षासहितको संरचना सामेल छन्, जसले जी६ लाई विशिष्ट बनाउँछ । सीजी मोटर्सले हालसालै ग्राहक सेवालाई थप प्राथमिकता दिँदै बागडोल काठमाडौंमा आफ्नो अत्याधुनिक सेवा केन्द्र उद्घाटन गरेको छ ।

साथै सीजी मोटर्सले २४/७ सडक सहायताका लागि हटलाइन नम्बर +९७७ ९७०७०९४२०७ मार्फत प्रदान गरिने सीजी केयर्स सेवा पनि प्रस्तुत गरेको छ । पोखराका ग्राहकले पनि यो सीजी केयर सुविधाबाट लाभ लिन सक्नेछन् । सीजी मोटर्सले ग्राहकलाई विशेष सेवा कुशलतापूर्वक प्रदान गर्दै आइरहेको छ ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS