IME Life
GBIME

बीमा अभिकर्ता पेसा अपनाउँदै हुनुहुन्छ ? के-के हुनुपर्छ व्यक्तिगत र व्यावसायिक गुण ?

SPIL
NLIC

काठमाडौं । बीमा अभिकर्ता भनेको बीमा कम्पनीहरुका मेरुदण्ड हुन्। जीवन बीमा व्यवसायमा बीमा अभिकर्ता नै अग्रपंक्तिमा उपस्थित हुने गर्दछन्। आज सर्वसाधारणलाई बीमाको आवश्यकता र महत्वका बारेमा जानकारी गराउने व्यक्ति अभिकर्ता नै हुन्। बीमा कम्पनीहरुमा भएका विभिन्न गतिविधि, कम्पनीको सकारात्मक जानकारीलगायत यावत कुराको जानकारी आमजनमानसमा पुर्याउने पात्र नै अभिकर्ता हुन्। बीमा अभिकर्ताले पनि प्रचलित कानुन–ऐनबमोजिम आयआर्जन गर्दछन्। बीमा गर्न चाहने व्यक्तिको आय स्रोत, उद्देश्य, आचारण, बचत गर्ने क्षमता, आर्थिक भार आदिको मूल्यांकन गरी बीमा अभिकर्ताले ग्राहकसमक्ष बीमा योजनाका बारेमा प्रस्ट पार्दछन्। सोहीअनुरुप कम्पनीको बीमा पोलिसी बिक्री हुन्छ।

यसरी गरिएको बीमाले बीमा अभिकर्तालाई सीमित मात्रमा कमिसन, बीमा कम्पनीलाई व्यवसाय र बीमा गर्ने व्यक्ति वा समूहलाई आर्थिक सुरक्षा प्रदान हुने गर्दछ। जसले त्रिपक्षीय रुपमा सबैलाई फाइदा हुने गर्दछ।

Crest

सर्वप्रथम ग्राहकको इच्छा र क्षमताअनुसार बीमालेख बिक्री गर्नु बीमा अभिकर्ताको ठूलो जिम्मेवारी हो। जसमा प्रचलित बीमालेखको शुल्क, सुरक्षा र मुनाफाका बारेमा स्पष्ट जानकारी बीमितलाई गराइएको हुन्छ। यसरी आफ्नो पेसलाई सम्मानित, गरिमामय, समाजसेवक, राष्ट्रसेवक बनाइराख्न बीमा अभिकर्तामा विभिन्न गुण हुनु आवश्यक छ।

बीमा वस्तु तथा बीमासम्बन्धी पूर्ण ज्ञान

बीमा अभिकर्ता जुन बीमा कम्पनीमार्फत बजारमा गएका हुन्छन्। त्यो व्यक्तिमा बीमा कम्पनीको सम्पूर्ण बीमा लेख, आर्थिक सुरक्षा, बोनशदर, वित्तीय अवस्था आदि सबैका बारेमा जानकारी हुनु जरुरी छ। जसका कारणले गर्दा ग्राहकमा आत्माविश्वास र भरोसा आउँछ।

व्यक्तित्व आकर्षण

अभिकर्ता वा जुनसुकै पेसामा आबद्ध भएको मानिस होस्, उसको व्यक्तित्व भनेको व्यवस्थापनको कडी हो। जसले गर्दा ग्राहकलाई विश्वास दिलाउन सहयोग गर्दछ।

पेसाप्रति इमान्दारिता

बीमा अभिकर्ताले आफ्नो पेसालाई गौरव ठानेर इमान्दारीपूर्वक काम गर्नुपर्दछ। आफ्नो पेसामा अडिक, ग्राहकको सेवामा निरन्तरता र बीमा कम्पनीको हितका लागि सधैँ समर्पित भएर काम गर्नुपर्दछ।

जनसम्पर्क कायम

बीमा अभिकर्ताले नियोजित रुपमा जनसम्पर्क राख्न जरुरी हुन्छ। चाहे त्यो व्यक्तिले बीमा गरोस् वा नगरोस्, आफ्ना योजनाहरु प्रस्तुत गरी रहनुपर्दछ। जसमा रोटरी क्लब, लायन्स क्लब, चेम्बर अफ कमर्स, स्काउट, रेड क्रस र क्यान्सर सोसाइटी आदि संस्थाहरु सहयोगी हुन्छन्।

सम्भावना सधैँ अगाडि

बीमा अभिकर्ताले आफ्नो सम्पर्कमा साथी, इष्टमित्र, दाजुभाइ, छिमेकी, सहकर्मीको आर्थिक, सामाजिक, नैतिक रुपमा अनुसन्धान गरी कुन बीमा पोलिसी बिक्री गर्न सकिन्छ। सोको सम्भावनाका बारेमा क्रियाशील रहनुपर्दछ।

योजना तर्जुमा निश्चित

सफल बीमा अभिकर्ता हुनलाई सर्वप्रथम आफ्नो योजना र ग्राहकको चाहनाअनुरुप प्रस्तुत हुनुपर्दछ।

अभिलेख तथा रेकर्ड

बीमा अभिकर्ताले आफ्ना ग्राहकको बीमा योजना, बीमा शुल्क, बीमा नवीकरण, बीमा समाप्ति, अग्रिम भुक्तानी आदिका बारेमा लिखित रेकर्ड राख्नुपर्दछ।

नयाँ बीमालेखका बारेमा जानकारी

बीमा कम्पनीहरुले बजारको माग तथा बीमा कम्पनीहरुको प्रतिस्पर्धालाई ध्यानमा राखी केही समयको अन्तरालमा नयाँ बीमा योजनाहरु प्रस्ताव गर्दछन्। सो बीमा पोलिसीका बारेमा पूर्ण जानकारी लिएर आफ्नो पूर्वग्राहकसमक्ष फेरि बजार विस्तार गर्न सकिन्छ।

दिगो विकास र जोशिलोपन

बीमा अभिकर्तामा दिगो भावना हुनुपर्दछ। जसमा दिवास्वप्न पर्दछ। दृढ अठोटका साथमा काम गरेमा एक दिन सफल भइन्छ। त्यसकारण एक दिन सफल भएन भनेर आश मारेर बस्नु हुँदैन।

ठूलो बीमालेख बेच्ने प्रयास गर्नु

ग्राहकको क्षमताअनुरुप बीमा अभिकर्ताले ठूलो पोलिसी बेच्ने प्रयास गर्नुपर्दछ। आफ्नो आम्दानी, बीमा कम्पनीको व्यवसाय, बीमितको सुरक्षाको हिसाबले पनि आग्रहको चाहनाबमोजिम ठूलो पोलिसी वा रकमको बीमा प्रस्ताव प्रस्तुत गर्नुपर्दछ। जसले समयको बचत, आम्दानी बढी र आफ्नो सफलतामा प्रोत्साहन मिल्ने गर्दछ।

सम्भावित ग्राहकको सूची तयार गरी नियमित सम्पर्क

बीमा अभिकर्ताले ग्राहकसमक्ष बीमा पोलिसी बेच्न जाँदा उसमा बीमा गर्ने केही सम्भावना भेटियो भने उसलाई नियमित सम्पर्क गर्नुपर्दछ। आफूले आफ्नो ग्राहकलाई विश्वास दिलाई उनीहरुबाट नै अन्य ग्राहक खोज्न सक्नुपर्दछ।

निरन्तर प्रयास

निरन्तर प्रयास गर्नु पनि अभिकर्तामा हुनुपर्ने गुण हो। कुनै पनि व्यक्तिले पहिलो भेटमा नै कुराकानी गर्न साथ बीमा गराउन मन्जुर हुँदैनन्। उनीहरुले विभिन्न समस्या देखाउँछन्। तर, धेरै बीमा अभिकर्ताको १ दुईपटकको अनुरोधपछि उक्त व्यक्तिलाई सम्पर्क गर्दैन्। बीमा अभिकर्ताको यही नै ठूलो समस्या हो। त्यसकारण सम्भाव्य व्यक्तिलाई धेरै पटकको भेटपछि बीमा गराउन भने सकिन्छ। त्यसकारण बीमा गराउनका लागि निरन्तर प्रयास पनि एउटा मुख्य आधार हो।

अन्य महत्वपूर्ण जानकारी

बीमा अभिकर्ताले बीमा कम्पनीको सम्पूर्ण कार्यक्षेत्रको जानकारी लिनुपर्छ। जसमा जोखिम बहन, अन्डरराइटिङलाई सहयोग, नयाँ बीमा लेखको जानकारी, बीमायोग्य जीवन बीमाको जानकारी, बीमितको विश्वास र सेवाका बारेमा जानकारी हुनुर्छ। सफल बीमा अभिकर्ताले ग्राहकसँग व्यवसायका बारेमा कुरा गर्दा बीमा कम्पनीमा भएको सुविधाका बारेमा बुझाउँदा धेरै कठिनाइ झेल्नुपरेको हुन्छ। जसमा बीमासम्बन्धी कतिपय शब्दहरु प्रस्ट नहुनु र यसको अर्थ ग्राहकले बुझ्न नसक्नु, बढी तर्क–विर्तक गर्दा ग्राहकले विश्वास नगर्नु, ग्राहक आफैँ बढी जान्ने फेला पर्नु, ग्राहकको सोच नकारात्मक हुनु, बढी प्रश्न गर्दा रिसाउने गर्नु, आफ्नो व्यवसायमा लगनशीलता नहुनु, अभिकर्ता आफैँमा इगोको भावना पैदा हुनु, ग्राहकबाट पनि नयाँ कुरा सिक्न नखोज्नु, ग्राहकको हितमा चासो नराखी आफ्नो व्यक्तिगत स्वार्थमा लिप्त हुनु, ग्राहकको कुरा नसुनेर आफूमात्रै बोल्नु, ग्राहकको ध्यान आफूतिर आकर्षित गर्न नसक्नु, ग्राहकको मनोविज्ञानअनुसार आफू प्रस्तुत नहुनु, विषयगत कुरामा प्रस्ट पार्न नसक्नु, आफ्नो गल्तीलाई स्वीकार नगर्नु, शब्दहरु जटिल प्रयोग गर्नुजस्ता कारणले गर्दा पनि बीमा गराउन गाह्रो हुन्छ। यी विषयबस्तुमा बीमा अभिकर्ताले ग्राहकलाई सम्मान वा आफ्नो गल्तीको प्रायश्चित गरी बीमाको उचित ज्ञान हासिल गरेर यस व्यवसाय अभिकर्ताले सफल बनाउन सक्छन्।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS