IME Life
GBIME

ग्लोबल आइएमई लघुवित्त र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच लघुवित्त तथा विपन्न वर्ग कर्जा कार्यक्रममा प्रदान गरिने कर्जा सुरक्षण गर्ने/गराउने सम्झौता भएको छ । वित्तीय संस्थाको केन्द्रीय कार्यालय पोखरा–२६, विजयपुरमा आज मंसिर १८ गते एक कार्यक्रममा बीच कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले सहमती पत्रमा हस्ताक्षर गरे ।

ऋणीहरुको मृत्यु भएमा वा व्यवसाय विफल भएमा समेत कोषबाट सुविधा लिन सकिने कार्यक्रममा जनाइएको छ । कार्यक्रममा कोषका प्रबन्धकहरु तथा वित्तीय संस्थाका विभागीय प्रमुखहरुको उपस्थिती रहेको थियो । वित्तीय संस्थाले सातै प्रदेशमा १२१ वटा शाखा कार्यालयहरु मार्फत करीब १,५१,००० सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरेको छ । हाल वित्तीय संस्थाको ६० हजारभन्दा बढी ऋणी सदस्य र करीब ९ अर्ब ३३ करोड लगानीमा रहिरहेको कर्जा रहेको जनाइएको छ ।

Crest

 

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS