काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले आफ्नो ३८ औँ वार्षिक साधारणसभा मंसिर २५ गते आयोजना गर्ने निर्णय गरेको छ । सभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान साढे ९ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको ६.५ प्रतिशत बोनस शेयर र १९ प्रतिशत नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ। सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ।
चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव सभाले पारित गर्नेछ। सभाले बैंकको अधिकृत, जारी तथा चुक्तापुँजी वृद्धि गर्न बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव स्वीकृत गर्नेछ। नियामकीय निकायबाट कुनै फेरबदल गर्ने सुझाव आएमा सोही गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव सभाले अनुमोदन गर्नेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले मंसिर ६ गते बुक क्लोज गरेको थियो । यसको अर्थ मंसिर ५ गतेसम्म कायम शेयरधनीहरु मात्रै लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।