काठमाडौं । सिद्धार्थ केवलकार लिमिटेडले पुस ४ गतेदेखि ६७ लाख ५० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले मंसिर १५ गतेसम्म कायम शेयरधनीहरुका लागि यी हकप्रद शेयर निष्काशनगर्ने भएको हो ।
कम्पनीले १ बराबर १ दशमलव १२५ को अनुपातमा निष्काशनमा आउन लागेको हकप्रद शेयर खरिदका लागि सम्बन्धित शेयरधनीहरुले माघ ७ गतेसम्म आवेदन पेश गर्नुपनैृछ ।
हकप्रद शेयर खरिका लागि सिद्धार्थ केवलकारको केन्द्रिय कार्यालय बुटवल, रुपन्देहीमा आवेदन प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था छ । कम्पनीको नाममा एनएमबि बैंकको मिलनचोक शाखा, बुटवलमा रहेको खाता नम्बर ००५०१४३१४८९००१५५ मा हकप्रद शेयर वापत्को रकम जम्मा गरी उक्त भौचर सहित आवेदन पेश गर्नुपर्ने कम्पनीले जनाएको छ ।