IME Life
GBIME

एनसीएचएलको डेपुटी सीईओमा नीरजमान सैंजू नियुक्त

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल क्लियरिङ हाउस (एनसीएचएल)का डेपुटी सीईओमा नियुक्त भई आजबाट नीरजमान सैंजूले कार्यभार सम्हालेका छन्।

सैंजूसँग रेमिट्यान्स कम्पनी, विभिन्न वाणिज्य बैंकलगायतमा आबद्ध रही १५ वर्षभन्दा लामो कार्य अनुभव रहेको छ। उनले एमबीएस तथा एमबीए गरी डबल मास्टर्सको डिग्री हासिल गरेका छन्।

Crest

सैंजूको अनुभव तथा कुशलताले एनसीएचएललाई नयाँ उचाइमा लान महत्वपूर्ण योग्दान पुग्नेमा कम्पनी विश्वस्त रहेको छ।

एनसीएचएलले आफ्नो १२६ भन्दा बढी कर्मचारीमार्फत ५३ सदस्य बैंक तथा वित्तीय संस्थालाई एनसीएचएल–ईसीसी, एनसीएचल–आईपीएस, रिटेल पेमेन्ट स्विच (आरपीएस, कनेक्ट आरजीटीएस, नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीआई), कनेक्ट आईपीएस, कर्पोरेटपे, नेपालपे क्यूआर र ईएफपी सेवा सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ। साथै, यसमा इन्स्योरेन्स, रेमिट्यान्स, पीएसपी तथा पीएसओ, सरकारी तथा अर्धसरकारी संस्थालगायत १०० भन्दा बढी इन्डाइरेक्ट तथा प्राविधिक सदस्यका रुपमा आबद्ध छन्।

हाल एनसीएचएलले एनपीएसअन्तर्गत नेसनल कार्ड स्विच र नेपालपे कार्ड पनि कार्यान्वयन गर्ने क्रममा रहेको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS