काठमाडौं । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेशको आयोजना तथा नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी नेपाल इन्स्योरेन्स सर्भेयर एसोसियसन तथा पेशागत बीमा अभिकर्ता संघको सहआयोजनमा बनभोज तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
रुपन्देहीको तिलोत्तमा शंकरनगरस्थित बनबाटिकामा आयोजना गरिएको बनभोज तथा सम्मान कार्यक्रममा विभिन्न कम्पनीमा रहेर बीस वर्षभन्दा लामो समयसम्म इन्स्योरेन्स क्षेत्रमा लागि योगदान पु-याएका विभिन्न इन्योरेन्सकर्मीहरुलाई सम्मान समेत गरिएको थियो ।
सम्मानित हुनेहरुमा यमप्रसाद तिवारी, रोहिणी श्रेष्ठ, ध्रुवप्रसाद कोइराला, भगवती रेग्मी, मोहन गौतम, प्रतापकुमार श्रेष्ठ र बीरेन्द्रप्रसाद रहेका छन् ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका लुम्बिनी प्रदेश प्रमुख पूर्णबहादुर थापाले बीमा क्षेत्रमा कार्यरत बीमाकर्मीहरुलाई गोलबद्ध बनाई एकआपसमा सुमधूर सम्बन्ध कायम गरी बीमा क्षेत्रलाई मर्यादित गराउनु रहेको छ भने त्यस क्षेत्रमा निरन्तर रुपमा योगदान पु-याएका बीमाकर्मीहरुलाई नेपाल बीमा प्राधिकरणको तर्फबाट सम्मान गरेर प्रोत्साहन गर्ने उद्देश्यका साथ सामुहिक बनभोज सहित अन्तर्क्रिया कार्यक्रम गरिएको हो