काठमाडौं । आर्थिक वर्ष २०८१/ ८२ को कात्तिक महिनामा निर्जीवन बीमा कम्पनीहरुले साढे २ अर्ब बढी बीमाशुल्क संकलन गरेका छन् । संचालनमा रहेका कम्पनीहरुले एक महिना अर्थात कात्तिक महिनामा १३ हजार ९२४ वटा बीमाशुल्क बिक्री गरी कुल २ अर्ब ७० करोड ९२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।
एक महिनामा सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले बीमाशुल्क संकलन गरेको छ । कम्पनीले एक महिनामा ३४ करोड ४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको हो । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २९ करोड ६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको हो । शिखर इन्स्योरेन्सले २९ करोड २ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको हो ।नेको इन्स्योरेन्सले २५ करोड ५१ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको हो । आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्सले २३ करोड ३९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको हो । हिमालयन एभरेष्ट इन्स्योरेन्सले २३ करोड १० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । सानिमा जिआइसी इन्स्योरेन्सले १९ करोड ३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।
त्यस्तै, एनएलजी इन्स्योरेन्स कम्पनीले १८ करोड ९७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । नेपाल इन्स्योरेन्सले १७ करोड २३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्सले १६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
प्रभु इन्स्योरेन्सले १५ करोड ३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । ओरिएण्टल इन्स्योरेन्सले ९ करोड ९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । नेशनल इन्स्योरेन्सले ७ करोड २७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले ४ करोड १० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।