IME Life
GBIME

मोटर बीमामा निर्जीवन बीमकको सर्वाधिक व्यापार, अन्य क्षेत्रमा कति ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको कात्तिकसम्म १४ अर्ब ३५ करोड रुपैयाँ बढीको व्यापार गरेका छन्।

नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार साउनदेखि कात्तिकसम्मको ४ महिनाको अवधिमा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा निर्जीवन लघु बीमा कम्पनीहरुले १४ अर्ब ३५ करोड ८६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। यो अवधिसम्म कम्पनीहरुले मोटर बीमाको सर्वाधिक व्यापार गरेका छन्। मोटर बीमामा कम्पनीले ४ महिनामा ४ अर्ब ५९ करोड ३८ लाख रुपैयाँको कुल बीमाशुल्क आर्जन गरेका छन्।

Crest

यसैगरी दोस्रो सर्वाधिक धेरै व्यापार कम्पनीहरुको सम्पत्तितर्फ देखिएको छ। सम्पत्ति बीमामार्फत कम्पनीहरुले ३ अर्ब ८४ करोड २८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।

चार महिनामा इन्जिनियरिङ र ठेक्कातर्फ १ अर्ब ८३ करोड ४९ लाख रुपैयाँ, विविधतर्फ कम्पनीहरुले १ अर्ब ६५ करोड ८९ लाख रुपैयाँ, सामुद्रिकतर्फ ८१ करोड ७७ लाख रुपैयाँ, कृषि तथा बालीतर्फ ६७ करोड ७९ लाख रुपैयाँ, हवाईतर्फ ६६ करोड ४० लाख रुपैयाँ र लघुतर्फ २६ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS