IME Life
GBIME

४ महिनामा निर्जीवन बीमकको कुल ब्यापार १४ अर्ब नाघ्यो, कुनको कति ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आर्थिक वर्ष २०८१/ ८२ को कात्तिक महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले १४ अर्ब बढी कुल बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार निर्जीवन बीमा कम्पनीहरुले ८ लाख ९७ हजार २३५ वटा बीमाशुल्क बिक्री गरी कुल १४ अर्ब ९ करोड ७२ लाख रुपैयाँ कुल बीमाशुलक संकलन गरेका हुन् ।

यस अवधिमा सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा १ अर्ब ७७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । दोस्रोमा सुद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । कम्पनीले यस अवधिमा १ अर्ब ४६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । तेस्रोमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले यस अवधिमा १ अर्ब ४१ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो ।त्यस्तै, नेको इन्स्योरेन्सले १ अर्ब १५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब १४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब १३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एनएलजी इन्स्योरेन्सले ९४ करोड १९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

Crest

यता, ओरिएण्टल इन्स्योरेन्सले ९२ करोड ८६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्सले ८४ करोड १ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेपाल इन्स्योरेन्सले ७८ करोड ६८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सानिमा जिआइसी इन्स्योरेन्सले ७७ करोड ९३लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

त्यसैगरी प्रभु इन्स्योरेन्सले ६२ करोड ७५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले ६१ करोड ४९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेशनल इन्स्योरेन्सले ४९ करोड ३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS