IME Life
GBIME

यस्ता छन् जीवन बीमालेखका सामान्य सर्त, कस्तो अवस्थामा हुन्छ लागू ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । अभिकर्ताबाट जीवन बीमालेखको फाइल लिइसकेपछि तपाइँले बीमालेखका सर्तहरुबारे कतिको चासो राख्ने गर्नु भएको छ ? कि अरुले जस्तै खोई ५ लाखको बीमा त गरेको छु तर के–के सुविधा छ थाहै छैन भन्ने प्रतिक्रिया दिनुहुन्छ।

जीवन बीमा गर्नुअघि नै आफूले खरिद गर्न लागेको बीमालेखको सुविधा र सर्तहरुबारे विस्तृतमा जानकारी लिनु र चासो राख्नु अनिवार्य हुन्छ। यति मात्र नभएर आफूलाई भनिएझैँ बीमालेखमा सुविधा र सर्तहरु समावेश गरिएको छ कि छैन भन्नेबारे पनि चासो राख्नुपर्छ र एकपटक मिहीन ढंगबाट सर्तहरु पढ्नुपर्छ।

Crest

अन्डरराइटिङमा उल्लेखित विवरण रुजु

जीवन बीमालेखमा उल्लेख गरिएको बीमितको नाम र जन्म मिति दुरुस्त छ कि छैन भन्ने यकिन गर्नुपर्छ। कुनै विवरण फरक पर्न गएमा तत्कालै आफ्नो अभिकर्ता वा बीमा कम्पनीमा जानकारी गराएर सच्याउन लगाउनुपर्छ। बीमालेख जारी गरिसकेपछि हतपत्त विवरण सच्याउन मान्दैनन्। त्यसैले बीमालेखको अन्डराइटिङ विवरण प्रविष्टी गरेको समयमा नै चनाखो भएर उल्लेखित विवरण रुजु गर्नुपर्छ।

अभिकर्तासँग चासो

बीमालेख तयार भएर हात परिसकेपछि बीमालेखको पानामा उल्लेखित प्रत्येक विवरण र भुक्तानीको सर्तहरु सूक्ष्म ढंगले पढ्नुपर्छ । केही स्पष्ट छैन भने अभिकर्ता वा बीमा कम्पनीका कर्मचारीसँग चासो राखेर सोध्नुपर्छ। बीमालेखको पहिलो पानामा बीमित सम्बन्धि व्यक्तिगत विवरणका साथै भुक्तानी दिइने अवस्थाहरुबारे उल्लेख गरिएको हुन्छ। बीमालेखअन्तर्गतको बीमांक रकम र बोनसका साथै अन्य भुक्तानीहरु कस्तो कस्तो अवस्थामा भुक्तानी गरिनेछ भन्ने विवरण प्रष्ट उल्लेख गरिएको हुन्छ।

भुक्तानी दिइने अवस्थाहरु

सावधिक बीमालेखहरुमा बीमा अवधि पुरा भएपछि बीमांक रकम र बोनस रकम एकमुष्ठ भुक्तानी गरिनेछ भन्ने उल्लेख गरिएको हुन्छ। यसैगरी बीमा अवधिभित्रै निधन भएको अवस्थामा बीमांक रकम र निधन भएको मितिसम्मको बोशन रकम भुक्तानी दिइने उल्लेख गरिएको हुन्छ। अग्रिम भुक्तानी बीमालेखमा निश्चित अवधिको अन्तरालमा बीमांकको निश्चित प्रतिशत रकम भुक्तानी दिने सर्त उल्लेख गरिएको हुन्छ। यसबाहेक बीमा अवधि पूरा भएपछि बाँकी रहेको बीमांक रकम र पूरै बोनस एकमुष्ठ भुक्तानी गरिनेछ भन्ने सर्त बीमकले उल्लेख गरेका हुन्छ।

बीमालेखका अन्य सर्तहरु

बीमालेखको दोश्रो पानामा सामान्य सर्तहरु उल्लेख गरिएका हुन्छ। यी सर्तहरुमध्ये बीमाशुल्कको किस्ता भुक्तानी गर्दा दिइने मोहलत अवधिबारे उल्लेख गरिएको हुन्छ। वार्षिक र अर्धवार्षिक बीमाशुल्क भुक्तानीमा ३० दिन र त्रैमासिक बीमाशुल्क भुक्तानीमा १५ दिनको मोहलत अवधि दिइएको हुन्छ। मोहलत अवधिभित्र बीमाशुल्क किस्ता भुक्तानी गर्दा जरिवाना लाग्दैन ।

बीमालेखको चुक्तामूल्य प्राप्तिका लागि भुक्तानी गर्नुपर्ने न्यूनतम बीमाशुल्क किस्ताबारे पनि सामान्य सर्तमा उल्लेख गरिएको हुन्छ। कम्तीमा २ वार्षिक किस्ता रकम भुक्तानी गरिएको बीमालेखको कुनै किस्ता रकम भुक्तानी भएको छैन भने मोहलत अवधिपछि यस्तो बीमालेख स्वतः चुक्ता बीमालेखमा परिणत हुन जान्छ।

कर्जा सुविधाको प्रावधान

जीवन बीमालेख निर्देशिका २०७९ को प्रावधान अनुसार कम्तीमा ३ वर्षको बीमाशुल्क भुक्तानी भइसकेको बीमालेखको धितोमा बीमितले कर्जा सुविधासमेत उपभोग गर्न पाउँछन् । कर्जा सुविधा उपभोगका लागि बीमालेख जारी गरेको मितिबाट समेत ३ वर्ष पुरा भएको हुनुपर्छ। यस्तो सर्त पनि बीमालेखको सामान्य सर्तहरुमा समावेश गरिएको हुन्छ । बीमित स्वयंले र बालबालिकाको बीमा छ भने प्रस्तावक स्वयमले बीमालेखको धितोमा समर्पण मूल्य बराबरको रकम कर्जा वापत उपभोग गर्न सक्छन् ।

बीमालेखको पुनर्जागरण

सामान्य सर्तहरुमा बीमाशुल्क भुक्तानी नगरेका कारण व्यतित अवस्थामा रहेको जीवन बीमालेख पुनर्जागरण गर्न सकिने सर्तहरुका सम्बन्धमा पनि उल्लेख गरिएको हुन्छ। बाँकी अवधिको बीमाशुल्क भुक्तानी गरेपछि जुनसुकै समयमा पनि बीमालेख पुनर्जागरण गर्न सकिन्छ। बीमा अवधिभित्र बीमालेख पुनर्जागरण योग्य हुन्छ। यसबाहेक व्यतित अवधि र बीमांक रकमको आधारमा समेत बीमकले पुनर्जागरणका लागि बीमितलाई ताजा स्वास्थ्य परिक्षण प्रतिवेदन पेस गर्न अनुरोध गर्न सक्छ। यस्तो अवस्थामा बीमितको स्वास्थ्य परीक्षण प्रतिवेदन पेस भएपछि मात्र बीमालेख पुनर्जागरण हुनेछ।

बीमालेखको अपवादहरु

सामान्य सर्तहरुमध्ये बीमितले आत्म हत्या गरेको अवस्थामा बीमांक रकम भुक्तानी दिइने सर्तबारे पनि उल्लेख गरिएको हुन्छ। बीमालेख जारी भएको २ वर्षको अवधि पूरा भइसकेपछि बीमितले आत्महत्या गरेको अवस्थामा इच्छ्याइएको व्यक्ति वा कानुनी हकवालाले बीमांक रकम भुक्तानी प्राप्त गर्नेछन् भन्ने उल्लेख गरिएको हुन्छ। दुई वर्ष नपुग्दै आत्महत्या गरेको अवस्थामा बीमकले आधारभूत बीमाशुल्कबापतको रकम मात्र भुक्तानी दिन्छ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS