IME Life
GBIME

शेयर बजारमा दोहोरो अंकको गिरावट हुँदा १८१ कम्पनीको मूल्य घट्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १३ दशलमव ०३ अंकले घटेर २,६६७ को विन्दुमा कायम भएको छ । आज ५५ कम्पनीको शेयर मूल्य बढेको छ भने १८१ कम्पनीको शेयर मूल्य बढेको छ ।

आज ३२२ कम्पनीको १ करोड ५२ लाख ७० हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ७२ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै जानकी फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६० करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ४० करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ३६ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९१ प्रतिशतका दरले कमाएका हुन् । ङादी ग्रुप पावरका लगानीकर्ताले ९ दशलमव ५८ प्रतिशतका दरले कमाएका छन् । जानकी फाइनान्सका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सेञ्चुरी डिबेञ्चर २०८८ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ७ दशलमव ७५ प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS