IME Life
GBIME

आइएमई लाइफमा इन्द्रराज सुवेदीले पाए चिफ मार्केटिङ अफिसरको जिम्मेवारी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । जीवन बीमक, आइएमई लाइफ इन्स्योरेन्सले इन्द्रराज सुवेदीलाई प्रमुख बजार अधिकृतको जिम्मेवारी दिएको छ। सुवेदी करिब डेढ महिना अघि हिमालयन लाइफ इन्स्योरेन्सबाट राजीनामा दिएर आइएमई लाइफ इन्स्योरेन्स प्रवेश गरेका थिए ।

आइएमई लाइफ इन्स्योरेन्समा उनी हालै मात्र प्रवेश गरेपनि आइएमई समूह मुख्य प्रवर्द्धक रहेको वाणिज्य बैंक, ग्लोबल आइएमई बैंकमा उनले शाखा प्रबन्धक र भारतस्थित सम्पर्क कार्यालय प्रमुखको जिम्मेवारीमा रहेर काम गरि सकेका छन् ।

Crest

सुवेदी यसअघि हिमालयन लाइफको मधेश प्रदेश प्रमुखको जिम्मेवारीमा रहेका थिए । साबिक यूनियन लाइफ इन्स्योरेन्सको स्थापनाकाल देखि आबद्ध सुवेदी प्राइम, गुराँस र यूनियन लाइफको मर्जरपछि जन्मिएको हिमालयन लाइफ इन्स्योरेन्समा मधेश प्रदेश प्रमुखको जिम्मेवारी पाएका हुन् ।

करिब ७ वर्षसम्म जीवन बीमा व्यवसायमा काम गर्नु अघि उनी बैंकरका रूपमा कार्यरत थिए । उनको बैंक तथा वित्तीय क्षेत्रको पेशागत यात्रा सिद्धार्थ बैंकबाट शुरू भएको हो । अध्ययन अध्यापनमा समेत रूची राख्ने सुवेदीले हाल भारतीय विश्वविद्यालयबाट जीवन बीमा विषयमा विद्यावारिधिका लागि शोध समेत गरिरहेका छन् ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS