IME Life New
GBIME

शेयर बजारमा ३१ अंकको गिरावट हुँदा १९७ कम्पनीको शेयर भाउ घट्यो

SPIL
NLIC

काठमाडौं । साताको अन्तिम दिन शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३१ दशलमव ३१ अंकले घटेर २,६८० को विन्दुमा कायम भएको छ । आज ४३ कम्पनीको मूल्य बढेको छ भने १९७ कम्पनीको मूल्य घटेको छ ।

आज ३१४ कम्पनीको १ करोड ८४ लाख ७४ हजार २४ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २५ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २५ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको २३ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रसुवागढी हाइड्रोको १९ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्था र थ्रि स्टार हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । माहुली लघुवित्तका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् । धौलागिरी लघुवित्तका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै जानकी फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS