IME Life
GBIME

नमस्ते पेले ल्यायो नेपाल टेलिकमका सेवा र एनसेल रिचार्जमा आकर्षक अफर

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नमस्ते पे ले आफ्ना प्रयोगकर्ताहरूलाई नेपाल टेलिकम सेवाहरू र एनसेल रिचार्जमा आकर्षक क्यासब्याकको नयाँ अफर सुरु गरेको छ । यो अफर ४ मंसिर २०८१ देखि ३० माघ २०८१ सम्म मान्य हुने कम्पनीले जनाएको छ ।

यस अफर अन्तर्गत, नेपाल टेलिकमका सेवाहरू जस्तै रिचार्ज, ल्यान्डलाइन, एफटीटीएच र एडीएसएलको बिल भुक्तानी तथा एन्सेल रिचार्ज गर्दा नमस्ते पे प्रयोगकर्ताहरूले २५ क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

Crest

त्यसैगरी, “फ्राइडे क्यास अफर ” अन्तर्गत, प्रत्येक शुक्रबार निश्चित समय अवधि का लागि प्रयोगकर्ताहरूले नेपाल टेलिकम र एनसेल रिचार्ज गर्दा ५ प्रतिशत (अधिकतम २० रुपैयाँ सम्म) क्यासब्याक प्राप्त गर्न सक्छन्। साथै, नेपाल टेलिकमका एफटीटीएच र ल्यान्डलाइन सेवा भुक्तानी गर्दा ४ प्रतिशत (अधिकतम १५० सम्म) को क्यासब्याक प्राप्त गर्न सकिन्छ । क्यासब्याक प्राप्त गर्न प्रयोगकर्ताहरूले प्रोमोकोड प्रयोग गर्नु नपर्ने कम्पनीले जनाएको छ ।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड द्वारा शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ।

जस अनुरुप *500#डायल गरेर नमस्ते पे प्रयोगकर्ताहरूले अफलाइन सेवाहरूको फाइदा लिन सक्दछन् । रिचार्ज, बिल भुक्तानी, पैसा थप्नुहोस्, पैसा पठाउनुहोस्, व्यापारी भुक्तानी जस्ता सेवाहरू अफलाइन उपलब्ध छन् । नेपाल टेलिकमको सिम भएका प्रयोगकर्ताहरूले यूएसएसडी सेवाहरू प्रयोग गर्न सक्दछन् ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS