काठमाडौं । मंसिर ५ गते बुधबार नेप्से परिसूचक २७११.७५ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक ९.०९ अंकले बढेको छ।
७ अर्ब ९ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ । ब्रोकर नम्बर ५८ बाट ९७ करोड ९८ लाखको कारोबार भएको छ जसमा ५२ करोड ४४ लाखको खरीद छ भने ४५ करोड ५४ लाखको विक्री छ ।
त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४१ बाट ३१ करोड ७ लाखको खरीद छ भने २९ करोड ३० लाखको विक्री छ । आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये ३ ब्रोकरले खरिद धेरै गरेका छन् भने २ले विक्री धेरै गरेका छन् ।