IME Life
GBIME

पहिलो त्रैमासः जीवन बीमा कम्पनीहरुको खुद व्यापार ४३ अर्ब ४७ करोड, कुनले कति गरे ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८१ /८२ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीहरुको खुद बीमाशुल्क संकलन ७ दशलमव ७३ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरुले ४३ अर्ब ४७ करोड ४२ लाख १६ हजार रुपैयाँ खुद बीमाुशल्क संकलन गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा यी कम्पनीहरुले ४० अर्ब ३५ करोड ४७ लाख ३४ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेका थिए ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सबैभन्दा धेरै नेपाल लाइफले खुद बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा ११ अर्ब ८१ करोड १९ लाख ७० हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क ९ प्रतिशतले बढी हो । दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिमा ४ अर्ब ८५ करोड ११ लाख २० हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क १८ प्रतिशतले बढी हो । तेस्रोमा राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ । कम्पनीले ४ अर्ब ५९ करोड २१ लाख ४२ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क ० दशलमव ८६ प्रतिशतले बढी हो ।

Crest

त्यस्तै, एलआइसी नेपालले ४ अर्ब ५४ करोड ८४ लाख ३५ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क १ दशलमव २८ प्रतिशतले बढी हो ।

हिमालयन लाइफको भने अघिल्लो वर्षको तुलनामा खुद बीमाशुल्क संकलन सामान्य घटेको हो । कम्पनीले यस अवधिसम्ममा ४ अर्ब १७ करोड १ लाख ९३ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क १ दशलमव ३५ प्रतिशतले घटेको हो ।
सूर्यज्योति लाइफले २ अर्ब ४५ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क संकलन १० प्रतिशतले बढी हो । एशियन लाइफले २ अर्ब १ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क संकलन १२ प्रतिशतले बढी हो । सिटिजन लाइफले १ अर्ब ६५ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क संकलन १६ प्रतिशतले बढी हो । सानिमा रिलायन्स लाइफले १ अर्ब ५० करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क संकलन ४ दशलमव ९६ प्रतिशतले बढी हो ।

त्यसैगरी मेट लाइफले १ अर्ब ३७ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क संकलन ४ प्रतिशतले बढी हो । प्रभु महालक्ष्मी लाइफले १ अर्ब १७ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क संकलन ४ प्रतिशतले बढी हो । आइएमई लाइफले १ अर्ब १६ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क संकलन ११ प्रतिशतले बढी हो । रिलायबल नेपाल लाइफले १ अर्ब १२ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क संकलन २० प्रतिशतले बढी हो । सन नेपाल लाइफले१ अर्ब ३ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क संकलन २१ प्रतिशतले बढी हो ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS