IME Life
GBIME

नेपाल बीमा प्राधिकरण र एक्चुअरियल सोसाइटी अफ नेपालबीच सम्झौता

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल बीमा प्राधिकरण र एक्चुअरियल सोसाइटी अफ नेपालबीच बीमाङ्कीय विज्ञान सम्बन्धमा समन्वयात्मक ढङ्गले कार्य गर्ने सम्बन्धी समझदारी भएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र एक्चुअरियल सोसाइटीकी अध्यक्ष प्रेक्षा माथेमाले आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा यस सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरे ।

समझदारीपत्रमा प्राधिकरण र सोसाइटीले बीमाङ्कीय विज्ञान सम्बन्धमा समन्वयात्मकढङ्गले कार्य गरी बीमा क्षेत्रमा थप योगदान पु-याउनका लागि आपसी समझदारी गर्ने लगायतका विषयहरु समेटिएका छन् ।

Crest

यसैगरी, प्राधिकरण र सोसाइटीको साझेदारीमा बीमा तथा बीमाङ्कीय विज्ञान सम्बन्धी अध्ययन एवम् अनुसन्धान सम्बन्धी कार्य गर्ने, यससम्बन्धी ज्ञानको आदान प्रदान गर्ने र तालिम, कार्यशाला तथा सम्मेलन आयोजना गर्ने उल्लेख छ ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी तथा निर्देशक पूजन ढुङ्गेल (अधिकारी) उपस्थित थिए ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS